विश्व स्वास्थ्य संगठनमा फेरि आवद्ध हुँदै अमेरिका, कोरोना शंकट व्यवस्थापन पहिलो प्राथमिकताः बाइडेन



Download our app to get more features
Spark_health_home Happy new year 2021

अमेरिका, ८ माघ । विश्व स्वास्थय संगठनबाट अलग्गिएको अमेरिका अब फेरि संगठनमा आवद्ध हुने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कार्यभार सम्हालेसँगै डोनाल्ड ट्रप प्रशासनले गरेको विभिन्न नितीलाई उल्ट्याउँदै अमेरिका विश्व स्वास्थ्य संगठनमा पुनः आवद्ध हुने बताएका छन् ।

कार्यभार सम्हालेको पहिलो दिनमै बाइडेनले ट्रम्प प्रशासनले संगठनबाट अलग्गिने गरेको निर्णयलाई उल्ट्याउँदै अमेरिका संगनठमा पुनः आवद्ध हुने बताए ।

यस्तै उनले कोरोना भाइरस महामारीको संकट सम्बोधनमा संघीय कारबाही तीव्र पार्ने कार्यकारी आदेश पनि जारी गरेका छन् ।

उनले जारी गरेको आदेशमा कोरोना महामारीसँग जुझ्न विभिन्न उपाय अपनाइने, डब्लुएचओबाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने, भाइरस विज्ञ डा. एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने निर्णय पनि गरेका छन् ।

साथै, उनले कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने, सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने, आगामी १ सय दिनसम्म मास्क लगाइरहन मानिसलाई आग्रह गर्नेगरी १ सय दिने मास्क चुनौती अभियान थालनी गर्नेसमेत निर्णय गरेका छन् ।

Hamro Doctor
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts