तेस्रो चरणको खोप परीक्षणमा रहेको भारतको बायोटेकले जारी गर्यो पूर्व सूचना

यी स्वास्थ्य समस्या भएकाले खोप नलगाउनु



Download our app to get more features

बीबीसी, ६ माघ । भारतको बायोटेक कम्पनीले विकास गरेको कोरोना विरुद्धको खोपलाई लिएर अग्रिम रुपमा सचेत गराएको छ ।

कोभ्याक्सिन नामक कोरोना विरुद्धको खोप विकास गरेको भारतीय कम्पनी बायोटेकले कोरोना विरुद्धको खोप लगाउनुपूर्व मानिसहरुलाई सचेत गराउँदै सूचना जारी गरेको छ । बायोटेकले कोरोना विरुद्धको खोप लगाउनुपूर्व मानिसमा भएका केहि स्वास्थ्य समस्यालाई लक्षित गरी केहि शर्तहरुका साथ सचेत गराएको हो ।
 
कम्पनीले आप्mनो बयानमा एलर्जी पीडित, ज्वरो, ब्लीडिंग डिसअर्डर, जो व्यक्ति रगत पातलो बनाउने औषधिको सेवन गरिरहेका छन् र जो व्यक्ति इम्युनिटीका लागि औषधि सेवन गरिरहेका छन् उनीहरुलाई खोप नलगाउन भनेको छ ।

यसका साथै गर्भवती महिला, सुत्केरी महिला र स्तनपान गराइरहेकी महिलालाई पनि खोप नलगाउन भनिएको छ । 

कम्पनीले बयानमा भनेको छ, ‘कोभ्याक्सिन गम्भीर एलर्जिक रिएक्शनको कारण बन्न सक्छ । जसले श्वास लिनमा समस्या हुने, अनुहार वा गर्दन सुन्निने, धडकन बढ्ने, शरीरमा रातो डाबर जस्तो हुने, रिंगाटा लाग्ने र कमजोरी जस्ता समस्या पनि देखिन सक्छ ।’

भारत बायोटेकले आफ्नो फ्याक्टसिट जारी गरेको छ । जसमा खोपको सम्भावित प्रभावको बारेमा उल्लेख गरेको छ ।

हालसम्म कोभ्याक्सिनको क्लिनिकल एफिकेसी दर बताइएको छैन । अहिले पनि खोपको तेस्रो चरणको परीक्षण जारी नै छ । 

कोरोना विरुद्धको खोप लगाएकाहरुमा देखिने स्वास्थ्य समस्यालाई ध्यामा राखी बायोटेकले पूर्व शर्तसहितको सूचना जारी गरेको हो ।

हाल भारतको सिरम इन्स्टीच्यूटले विकास गरेको कोरोना विरुद्धको खोप सर्वसाधारणलाई लगाउन सुरु गरिएको छ । जसको साइडइफेक्ट खोप लगाएकाहरुमा पनि देखिएको छ । 

Last modified on 2021-01-19 15:33:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts