कोरोनाबिरुद्धको खोप व्यवस्थापनका लागि तोकियो सातै प्रदेशमा संयोजक



Download our app to get more features
Spark_health_home

काठमाडौं, १० माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ। प्रदेश स्वास्थ्य निर्देशक संग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहयोग गर्न संघीय मन्त्रालयले संयोजक तोकेको हो ।

 प्रदेश नं १ मा परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, प्रदेश नं २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय, बाग्मती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल संयोजक तोकिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संयोजकहरुले प्रदेशमा खोप लिएर जाने, प्रदेश स्वास्थ्य निर्देशक संग समन्वय गर्ने र अभियानका दौरानमा आइपर्न सक्ने समस्याका बेला आवश्यक सहजीकरण गर्ने जिम्मेवारी दिइएको बताए । 
उनले प्रत्येक टोलीमा संयोजक बाहेक अरु २ जना कर्मचारीलाई समेत तोकिएको बताए । 

Hamro Doctor
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts