चिसोबाट कसरी बच्ने ?



Download our app to get more features

काठमाडौं, १० माघ । अहिले काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम‍ फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके यसबाट हुने जोखिमबाट बच्न सकिन्छ । 
चिसोको असर 

- शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ । 
- पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ । 
- मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ । 
- युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ । 
- रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ  । 
- चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ? 

-घर बाहिर जाँदा न्यानो कपडा लगाउने ।

- घरमा बस्दा पनि न्यानो कपडा लगाउने।

- आगो ताप्ने ।

- यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।

- चिसो खानेकुरा सकेसम्म नखाने, तातो  खाना खाने । 

- धेरै मात्रामा झोलिलो खानेकुरा खाने । धेरै नुनिलो नखाने 

- पौष्टिक खानेकुरामा जोड दिने ।  

- बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।

- मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।

- समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

- औषधी सेवन गरिरहेकाले नियमित औषधी सेवन गर्ने

- बाहिर निस्कंदा माक्स लगाउने र आएपछि हात धुने

- हाच्छिउँ गर्दा मुख छोपेर गर्ने

- भुलेर पनि मदिरा र चुरोट प्रयोग नगर्ने

- दीर्घरोगीहरुले नियमित स्वास्थ्य परिक्षण गर्ने

(टेकु अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )

Last modified on 2021-01-24 06:08:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts