रुपन्देहीमा ४ सयभन्दा बढी एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा



Download our app to get more features
Spark_health_home

रुपन्देही, १६ माघ । नेपाल सरकारको स्वास्थ्य बीमा सम्बन्धी नीति अनुरुप रुपन्देहीमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ ।

जसमा जिल्लाका ४ सयभन्दा बढी एचआईभी संक्रमितहरुको स्वास्थ्य बीमा निःशुल्क गरिएको छ । 

लुम्बिनी प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक मनोज पौडेलले रुपन्देही जिल्लामा हालसम्म ४ सयभन्दा बढी एचआईभी संक्रमितहरुको निःशुल्क स्वास्थ्य बीमा गरिएको बताए । स्वास्थ्य बीमामा संलग्न हुनका लागि ५ सदस्यसम्मको परिवारका लागि वार्षिक ३५ सय तिर्नु पर्ने हुन्छ । 

बीमित सदस्यहरु बिरामी भएमा वार्षिक १ लाखसम्मको खर्च बीमा बोर्डले व्यहोर्छ । तर नेपाल सरकारको पछिल्लो निर्णय अनुसार अति गरिब, ‘क’ वर्गका अपाङ्ग, कुष्ठ रोगी, जटिल खालको क्षयरोग, एचआईभी संक्रमितहरुका लागि भने लाग्ने सम्पूर्ण शुल्क नेपाल सरकारले नै व्यहोर्ने व्यवस्था गरेकोले निः शुल्क बीमा गरिदिएको पौडेलले बताए । 

लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुमा यसअघि नै कार्यक्रम लागु भएतापनि रुपन्देही जिल्लामा यस आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ ।

जिल्लाबाट एचआईभी संक्रमित भइ नियमित एआरटी खाइरहेका व्यक्तिहरुका लागि गत पुष महिनादेखि हालसम्म बीमा बोर्ड, लुम्बिनी प्रादेशिक अस्पताल, NAP+H, AFH Nepal, एचआईभी रोकथाममा कार्यरत अन्य संघ संस्थाहरुको समेत पहलमा ४ सयभन्दा बढी व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिएको ए.एफ.एच. नेपालका कार्यक्रम संयोजक धर्मराज भट्टराईले बताए ।

Hamro Doctor
Last modified on 2021-01-29 19:10:19

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts