काठमाडौंको तारकेश्वरमा देखियो बर्ड फ्लु, सचेत रहन आग्रह



Download our app to get more features
Spark_health_home

काठमाडौं, १८ माघ । काठमाडौंमा बर्ड फ्लु देखिएपछि सर्वसाधारणलाई सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु देखिएपछि सर्वसाधारणलाई सचेत रहन चिकित्सकहरुले आग्रह गरेका हुन् ।

नेपालमा एक जनाको बर्ड फ्लुका कारण मृत्यु भइसकेको र यो रोग खतरनाक रहेकाले सबै सचेत हुन आवश्यक रहेको डा.शेर बहादुर पुनले बताए ।

पशु सेवा विभागले शनिवार विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसार पसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पिसिआर परीक्षणमा काठमाडौंको तारकेश्वरमा बर्ड फ्लु पुष्टि भएको जानकारी दिएको छ ।

रोग अन्यत्र फैलन नदिन बर्ड फ्लु देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पंछी तथा रोग सार्न सक्ने अन्य वस्तुलाई नष्ट गरिएको विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले बताए ।

बर्ड फ्लु पुष्टि भएसँगै फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको ढकालले जानकारी दिए ।

बर्ड फ्लु नियन्त्रणका लागि अनिवार्य स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अपनाउन, फार्मलाई नियमित निसंक्रमण गर्न तथा कुनै पंक्षी बिरामी परेमा वा मरेमा पशु सेवाका निकायमा सूचना गर्न विभागले आग्रह गरेको छ । 

Hamro Doctor
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts