अनुहारमा आउने ब्ल्याक र व्हाइट हेड्सबाट पीडित हुनुहुन्छ ? अपनाउनुस् यी उपाय



Download our app to get more features

धुँवा धुलो आदिका कारण आजभोलि अनुहारमा व्हाइट र ब्ल्याक हेड्स देखिनु सामान्य जस्तै भएको छ । अधिकांश मासिन यो समस्याबाट पीडित छन् । यो समस्या कुनै पनि उमेर समूहका व्यक्तिलाई हुन सक्छ । तर, विषेशगरी किशोरावस्थामा बढी देखिन्छ । 

व्हाइट हेड्स हटाउने उपाय अनेक छन् । तर, यो समस्याको समाधान भान्साबाटै पनि गर्न सकिन्छ । छालाको प्रकार र अवस्था जस्तो सुकै भए पनि ब्ल्याक हेड्स र व्हाइट हेड्स हटाउन घरेलु उपाय बढी फाइदाजनक हुन्छ । तपाईंले प्रयोग गर्ने कफीको स्क्रबबनाएर  अनुहारमा भएको ह्वाइट र ब्ल्याक हेड्स सजिलै हटाउन सक्नु हुन्छ ।

जानौं तिनको प्रयोगबारे :-

दही, कफी र बेसनको कमाल
दुई चम्चा दहीमा एक ठूलो चम्चा कफीको धुलो र बेसन मिसाउने । उक्त मिश्रणलाई राम्रोसँग मिक्स गरेर अनुहारमा लगाउने र हल्का हातले मसाज गर्ने । मसाज गर्दा ध्यान दिनेकी उक्त पेस्ट जहाँ धेरै व्हाइट र ब्ल्याक हेड्स छन् त्यहाँ लगाउनु पर्छ ।

मोइस्चराइजर लगाउन नबिर्सौ 
गोलाकार अवस्थामा दुई देखि तीन मिनेटसम्म मसाज गर्नुपर्छ । त्यसपछि सफा पानीले अनुहार धुने । टोनरको प्रयोग गर्ने साथै अनुहारमा मोइस्चराइजÞर पनि नबिर्सी लगाउने ।

मेकअप सफा गरेर लगाउने पेस्ट
तपाईं सातामा इच्छा अनुसार यो पेस्टको प्रयोग गर्न सक्नु हुन्छ । ध्यानदिनुहोस् की कफी, बेसन र दहीको यो पेस्ट अनुहारमा लगाउनु भन्दा पहिले अनुहारमा भएको मेकअप सफा गरेर मात्र लगाउनु पर्छ । 

Last modified on 2021-03-17 15:34:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts