वायु प्रदूषणका कारण बालबालिकाको दिमागमा पर्छ गम्भीर असर !



Download our app to get more features

अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । प्रदूषण बढेसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । विभिन्न क्षेत्रमा लागेको डढेलो र प्रि–मनसुनको समयमा औषत भन्दा निकै कम वर्षाका कारण प्रदूषण बढ्दा त्यसको असर मानव स्वास्थ्यमा देखिन थालेको छ । जसका कारण अस्पताल आउने बिरामीको संख्या पनि बढ्दै गएको छ ।

प्रदूषण बढ्नासाथ मानिसमा श्वासप्रश्वाससँग सम्बन्धीत स्वास्थ्य समस्यालाई बढाउँछ । प्रदूषणका कारण बालबालिकादेखि वृद्धवृद्धा सबैलाई नै प्रभावित बनाउने गर्छ ।

वायु प्रदूषणका कारण श्वास सम्बन्धी रोगहरु पनि बढ्दै जान्छ । यूनिसेफले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार वायु प्रदूषणले बच्चाको दिमागमा दीर्घ रुपमा गम्भीर समस्या ल्याउने जनाएको छ । नेपाल लगायत छिमेकी मुलुक भारत समेत ग्याँस चेम्बर बन्दै गएको युनिसेफले जनाएको छ । 

जानौँ प्रदूषित र विषाणु हावाले बच्चाको मस्तिष्कमा कसरी असर पार्छ...

बच्चाको इम्यून सिस्टम बनाउँछ कमजोर
बच्चाको इम्यून सिस्टम अर्थात् प्रतिरक्षा प्रणाली र फोक्सो विकसित हुने प्रक्रियामा हुन्छ । यस अवस्थामा पटक पटक श्वास लिने समय आफ्नो शरीरको तौलका अनुसार बच्चा ठूला मानिसको तुलनामा धेरै हावा भित्र तान्ने गर्छन् । यस अवस्थामा यदि हावा विषाक्त भयो भने वयस्क मानिस भन्दा बच्चाले धेरै प्रदूषित हावा आफ्नो शरीरमा लिन्छन् । जसले गर्दा उनको प्रतिरक्षा प्रणाली कमजोर हुँदै जान्छ ।

मस्तिष्कसम्म पुग्छ प्रदूषित कण
प्रदूषणका कणहरु यति मसिना र साना हुन्छन् कि ती हावाका माध्यमले बच्चाको शरीर भित्र सजिलै प्रवेश गर्छ र त्यसपछि रगतमा मिसिएर मस्तिष्क सम्म पुग्छ र उक्त रगतले ब्रेन बैरियरलाई नोक्सान पुर्याउँछ । जसले गर्दा न्यूरोइन्फ्लेमेशनको समस्या हुन सक्छ । 

लाग्न सक्छ अनेक रोग 
प्रदूषणका केहि कण यति धेरै मसिना र सूक्ष्म हुन्छ (अल्ट्रा फाइनम्याग्नेटाइट) जुन यदि शरीरमा पुग्यो भने अक्सिडेटिभ स्ट्रेस हुन सक्छ र पछि त्यो न्यूरोडीजेनेरेटिभ रोगको कारण पनि बन्न सक्छ ।

सिक्ने क्षमता हुन्छ प्रभावित
प्रदूषणका कण जस्तै : पोलिसाइक्लिक ऐरामैटिक हाइड्रोकार्बन मस्तिष्कको ती भागलाई नोक्सान पुर्याउँछ जसले न्यूरोनहरुलाई कम्यूनिकेट गर्नमा मद्दत गर्छ । साथै मस्तिष्कको ती भागलाई पनिप्रभावित पार्छ जसको माध्यमले बच्चाहरु सिक्छन् र विकसित हुन्छन् । 

तिव्र गतिमा श्वास लिन्छन् बच्चा
बच्चाको मस्तिष्कमा विषाणु हावाको असर धेरै हुनुको कारण हो की उनीहरु ठूलाको तुलनामा छिटो छिटो श्वास लिने गर्छन् । जसले गर्दा बच्चाको दिमागमा विषाणु हावाका कण र विषाणु केमिकल्सका साना भागहरु सजिलै शरीरमा प्रवेश गर्दा बच्चालाई नोक्सान पुर्याउन सक्छ ।  साथै ठूलोको तुलनामा बच्चाले छिटो र धेरै श्वास फेर्ने हुँदा पनि प्रदूषित कण हावाको माध्यमबाट शरीरमा प्रवेश गर्ने गर्छ । 

Last modified on 2021-03-31 19:58:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts