नास्टले दिँदै आएको 'प्रविधि पुरस्कार' यस वर्ष डा. पुनलाई



Download our app to get more features
Spark_health_home

काठमाडौं, २४ चैत । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको प्रविधि पुरस्कार डा. शेरबहादुर पुनलाई दिने भएको छ ।

नास्टको सोमबार बसेको ४४ औँ प्राज्ञ सभाले विभिन्न ११ विधामा १७ जना व्यक्ति तथा संस्थालाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको हो । जसमा प्रविधि पुरस्कार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. सरुवारोग विशेषज्ञ डा.पुनलाई दिने निर्णय गरेको हो ।

कोभिड–१९ महामारीका बेला अध्ययन, अनुसन्धान, तर कोभिडका बारेमा पर्याप्त जानकारी दिनुका साथै अन्य महामारीजन्य रोगहरुप्रति मानिसलाई सचेत गराउनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नास्टले डा. पुनलाई यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार पुनलाई दिने निर्णय गरेको नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले जानकारी दिए ।

डा. पुनले नास्टले आफूलाई प्रविधि पुरस्कारका लागि छनौट गरेकोमा आभार व्यक्त गरेका छन् । 

सामाजीक सञ्जालमार्फत् उनले आफूलाई नास्टले "प्रबिधि पुरस्कार" जस्तो उच्च तथा प्रख्यात (प्रतिष्ठित) राष्ट्रिय एवार्डद्वारा सम्मान गर्ने निधो गरेकोमा हर्षित भएको उल्लेख गरेका छन् ।

Hamro Doctor
Last modified on 2021-04-06 09:02:41

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts