कोरोना संक्रमणले तिव्रता लिन थालेपछि जापानमा तेस्रो पटक आपतकालको घोषणा



Download our app to get more features
Spark_health_home

एजेन्सी, ११ वैशाख । जापानमा तेस्रो पटक आपतकालको घोषणा गरिएको छ ।

कोरोना महामारीले तीव्र रुप लिँदै गरेको भन्दै जापान सरकारले पुनः आपतकालको घोषणा गरेको हो । 

प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार तेस्रो पटक आपतकालको घोषणा गरेका हुन् ।

जापानको राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा पछिल्लो समय कोरोना संक्रमण तिव्र गतिमा फैलिँदै गएकोले आपतकालको घोषणा गरिएको प्रधानमन्त्री सुगाले बताए ।

उनले अहिले घोषणा गरिएको आपतकाल आगामी मे ११ तारिखसम्म लागू रहने पनि बताए । महामारी थप फैलिन नदिने उद्देश्यले आपतकालको घोषणा गरिएको पनि उनले बताएका छन् ।

जापानमा यसअघि कोरोनाको पहिलो चरणको लहर सुरु हुँदा पनि दुई पटक आपतकालको घोषणा गरिएको थियो । जापानमा हालसम्म ५ लाख ५१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ९ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts