कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features
Spark_health_home

कञ्चनपुर, १४ वैशाख । कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचाररत तिनै जनाको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर गोविन्द रोकायाले बताए ।

मृत्यु हुनेमा जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुष, भीमदत्त नगरपालिका भाँसीका ६० वर्षीय पुरुष र भीमदत्त नगरपालिका–११ का ४० वर्षीय पुरुष रहेका छन् ।  

भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गराइरहेका ती सबैको मृत्युपश्चात नेपाली सेनाले शव व्यवस्थापन गरेको छ ।

हाल महाकाली अस्पतालमा २१ जना संक्रमित उपचाररत छन् । ती मध्ये ६ जना आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कोभिड फोकल पर्सन डाक्टर रोकायाले बताए ।

Hamro Doctor
Last modified on 2021-04-27 17:11:22

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts