चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप १ सय १ जनामा कोरोना संक्रमण



Download our app to get more features
Spark_health_home

चितवन, १९ वैशाख । भरतपुर १० स्थित चितवन मेडिकल कलेज (सीएमसी) मा गरिएको परीक्षणमा थप एकसय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सीएमसीको प्रयोगशालामा शनिवार एकसय ९२ मा गरिएको परीक्षणमा थप एकसय एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका माईक्रोवायोलोजी विभागका विभागीय प्रमुख डा अनुप पौडेलले जानकारी दिए । बाँकी ९१ नमुनाको भने रिर्पोट नेगेटिभ आएको छ ।

उनका अनुसार संक्रमित हुनेमा ५३ जना पुरूष र ४८ जना महिला रहेका छन् । जसमध्ये ६६ जना जिल्ला भित्रका छन् भने ३५ जना अन्य १२ वटा जिल्लाका छन् । संक्रमित हुनेमा १५ र १८ महिने बालकदेखि ८३ वर्षीय वृद्धसम्मका छन् ।

चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ५७ जना छन् । त्यसैगरि खैरहनी नगरपालिकाका ६, राप्तीका २ र माडी नगरपालिकाका १ जना रहेका छन् ।

कोरोना संक्रमणबाट बच्न अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न, नाकमुखमा हात नलैंजान सबैलाई विज्ञले अनुरोध गरेका छन् । उनीहरूले सन्तुलित खाना, घरमै बसेर नियमित व्यायाम र उच्च आत्मबल राख्न समेत आग्रह गरेका छन् ।

Hamro Doctor
  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts