पूर्व प्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमित, अस्पताल भर्ना

Download our app to get more features
काठमाडौं, १८ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
शनिवार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ ।
झाडा पखालको समस्या देखिएपछि मनमोहन अस्पताल भर्ना भएका खनालमा शनिवार कोरानो संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।
कोरोना पुष्टि पछि उनलाई नर्भिक अस्पताल ल्याइएको नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले बताए ।
उनले हाल खनालको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताए ।
Last modified on 2021-05-01 19:18:58
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts


































