काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न नपाइने



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना महामारीको दोस्रो लहरका कारण काठमाडौं उपत्यका सबैभन्दा धेरै प्रभावित बनेका कारण निषेधाज्ञाको समय थपिएको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीले पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको दर घटेपनि अझै नियन्त्रणमा नआइसकेकाले कडाईका साथ निषेधाज्ञा थपिएको बताए ।

थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ भने किराना पसल, डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय भएको उनले हाम्रो डक्टर न्यूजलाई बताए ।

उनले थपिएको निषेधाज्ञामा सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको बताए । पराजुलीले अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेटका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने जानकारी दिए ।

यस्तै निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ भने विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गरिएको प्रजिअ अधिकारीले बताए ।

पराजुलीले यसपटकको निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गर्ने बताए । हालै जारी कोभिड–१९ अध्यादेशअनुसार उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको उनको भनाइ छ ।

अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

Hamro Doctor
Last modified on 2021-05-25 18:00:15

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts