नेपालले कोभिसिल्डको सट्टा एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको खोप कोभ्याक्ससँग माग्ने



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, १३ जेठ । नेपालले कोभ्याक्सलाई कोरोनाविरुद्धको दुई वटा खोपका लागि सिफारिस गर्ने तयारी गरेको छ । 

कोरोना खोप वितरणको विश्वव्यापी अभियान ‘कोभ्याक्स’ ले नेपाललाई कोभिसिल्ड खोपको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेपछि सरकारले दुई वटा खोप सिफारिस गर्ने तयारी गरेको हो । 

भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल कोरोनाविरुद्धको खोप कोभिसिल्ड उपलब्ध गराउन नसक्ने भनेपछि कोभ्याक्सले नेपालसँग कोभिसिल्डको विकल्प माग गरेको थियो । कोभ्याक्सको पत्राचारपनि नेपालले कोभिसिल्ड खोपको विकल्पमा एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन प्राथमिकतामा राखेर सिफारिस गर्न लागेको हो । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोखरेलले खोप सल्लाहकार समितिको बैठकमा खोपको विकल्पबारे छलफल भएको र अबको केहि दिनमै कोभ्याक्सलाई सिफारिस गर्ने हाम्रो डक्टर न्यूजलाई बताए ।

उनले कोभिसिल्ड खोपको विकल्पमा एस्ट्राजेनेका पहिलो रोजाइमा परेको र दोस्रोमा जोन्सन एण्ड जोन्सन परेको बताए । 

उनले भने, ‘कोभ्याक्ससँग हाल एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोपहरु रहेको छ । एस्ट्राजेनेकासँग मिल्दोजुल्दो खोप कोभिसिल्ड भएकाले नेपालमा दोस्रो डोज लिन बाँकी रहेकालाई लगाउन सहज हुनेछ भने नेपालमा खोपको भण्डारण लगायतका कुरामा जोन्सन एण्ड जोन्सन रहेकाले यी दुई खोप सिफारिस गर्ने तयारी भएको हो ।’
 
कोभ्याक्सलाई खोपबारे सिफारिस गरेपछि कतिदिन भित्र नेपालमा खोप आइपुग्छ भन्ने प्रश्नमा डा. पोखरेलले भने, ‘कोभ्याक्स अन्तर्गत विश्वका धेरै मुलुकहरु पर्छन् । जनसंख्या र रोगको चापको आधारमा कोभ्याक्सले खोप उपलब्ध गराउँछ । तर, हामीलाई आशा छ कोभ्याक्सले हामीलाई जुन÷जुलाईसम्म खोप पठाइसक्छ ।’

कोभ्याक्समा भारतले विकास गरेको कोभिसिल्ड खोपको माग धेरै थियो । तर, भारतले खोप निर्यातमा रोक लगाएपनि सेरमले खोप उपलब्ध गराउने बाटो बन्द हुँदा कोभ्याक्सले त्यसको विकल्प रोज्न भनेको थियो ।

Hamro Doctor
Last modified on 2021-05-27 19:11:39

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts