चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन एनएमएको माग



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, १६ जेठ । नेपाल चिकित्सक संघले चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन माग गरेको छ ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै अध्यादेशमार्फत कानून ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण नबनेमा संघर्षका थप कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

संघका महासचिव डा. बद्री रिजालले चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत कानून ल्याउन आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाल चिकित्सक संघ भेरी अस्पतालको घटनामा संलग्न व्यक्तिहरुलाई कडाभन्दा कडा कारबाही गर्न र आजको मितिबाट सात दिनभित्र देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने अध्यादेशमार्फत कानून ल्याएर सुरक्षित वातावरणको सिर्जना गर्न माग गर्दछौं, ।’

महासचिव डा. रिजालद्वारा जारी विज्ञप्तिमा यस्तो परिस्थिति नबनेमा नेपाल चिकित्सक संघ थप कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार स्वयं सरकार हुने समेत जानकारी गराउन चाहन्छौं उल्लेख गरिएको छ ।

जेठ १३ गते भेरी अस्पताल तथा त्यसअघि विराट मेडिकल कलेज अस्पतालमा भएको घटनाले सिंगो चिकित्सा क्षेत्र असुरक्षित बन्दै गएको संघले निष्कर्ष निकालेको छ । 

यस्तो छ संघले जारी गरेको विज्ञप्तिः

 

Hamro Doctor
Last modified on 2021-05-30 16:28:06

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts