देशभर १६ हजार ८ सय ७८ कोरोना परीक्षण गर्दा ५ हजार ३ सय १६ जनामा कोरोना पुष्टि



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, १९ जेठ । नेपालमा गत २४ घन्टामा देशभर ५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १६ हजार ८ सय ७८ कोरोना परीक्षण गर्दा ५ हजार ३ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गत २४ घन्टामा १घ हजार ८ सय ५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ५ सय २४ र ३ हजार ७३ एन्टीजेन परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर ७ हजार २ सय १९ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको छ । यो दर कुल संक्रमितको ८० दशमलव ८ प्रतिशत हो ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts