लुम्बिनी प्रादेशिक अस्पतालमा घाँटीमा अडकिएको ब्रस शल्यक्रिया बिनै निकालियो



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

रुपन्देही, ७ असार । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राईड ओसोफ्यागोस्कोपी प्रविधिबाट घाँटीमा  अडकिएको ब्रस निकालिएको छ । विशेषज्ञ डाक्टरहरु विष्णु शर्मा, नेत्रबहादुर थापा, दिपेन्द्र कसौधन सहितको चिकित्सकको टोलीले उनको घाँटीमा अडकिएको ब्रस राईड ओसोफ्यागोस्कोपी प्रविधिबाट निकालिएको हो ।

खाना खाँदा घाँटीमा खाना अड्कीने, मासु खाँदा हड्डी अड्कीने जस्ता समाचार त सुनिरहेकै हो । तर ब्रस गर्दा सिंगै ब्रस नै घाँटीमा गएर अड्कीएको समाचार अलि नौलो हो । रुपन्देहीको रुद्रपुरमा पनि यस्तै नौलो घटना घट्यो ।

यो घटना रुद्रपुर हरैयाका २४ वर्षीय पुरुषको हो । उनी आईबार बिहान ६ बजेतिर ब्रस गर्दै थिए, अचानक ब्रस उनको घाँटी भित्रै पस्यो । त्यत्रो ब्रस घाँटीभित्र पस्यो भने कसलाई पो असहज हुँदैन र ? उनी पनि आत्तीए । नजिकै स्थानीय मेडिकलमा लगेर एक्सरे गरियो । तर एक्सरेमा केही पनि देखिएन । बिरामीलाई झनपछि झन दुखाई बढ्दै गयो । घरपरिवार पनि आत्तिए । 

बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईयो । अस्पतालमा उनको खानाखाने नलिको ईण्डोस्कोपी गरियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा.शर्माले भने–‘ईण्डोस्कोपी गर्दा खाना खाने नलिमा छातिको विच भागमा अड्कीएको देखियो ।’

त्यसपछि बिरामीको अवस्थाको बारेमा आफन्तलाई जानकारी गराएर बिना चिरफार शल्यक्रिया गरिएको हो । चिकित्सहरुका अनुसार उनको शल्यक्रिया जटिल त थियो नै त्यसमा पनि असहज प्रकृतिको थियो ।

घाँटीबाट छिरेको ब्रस छातीको बिचोबिच भागमा पुगिसकेकोले केही ढिलो भएको भए त्यो पेटसम्म पनि पुग्न सक्थ्यो, या आन्द्रा छेडेर शरीर भित्रै आन्द्रा बाहिर पनि जानसक्थ्यो । यो सबै कुरा बिरामीका आफन्तलाई ब्रिफिङ् गरिएको थियो । सोही अनुसार बिरामीका आफन्तले पनि उपचार अगाडि बढाउन आग्रह गरे ।

राईड ओसोफ्यागोस्कोपी प्रविधिबाट उनको शल्यक्रिया गरिएको हो । चिकित्सकहरुका अनुसार यो प्रविधिमा बिरामीलाई बेहोस गराईन्छ तर चिरफार गर्नुपर्दैन । मुखबाट क्यामेरा जडित पाईप छिराएर त्यसको सहायताले समातेर निकाल्ने प्रविधीलाई ओसोफ्या गोस्कोपी भनिन्छ । उक्त प्रविधिको प्रयोग गरेर चिकित्सकको टोलीले बिरामीको घाँटीबाट १८ सेन्टिमिरटर लामो ब्रस निकालेको हो । 

यो शल्यक्रिया सफल नहुनपनि सक्थ्यो र तत्कालै चिरफार गर्नपर्ने पनि हुन सक्थ्यो । सोही अनुसार सर्जनहरुलाई पनि स्ट्याण्डबाई राखिएको थियो । डा. विष्णु शर्माले भने । यद्यपी चिरफार गर्नुपरेन ।

बिरामी समय घर्काएर अस्पताल आउने प्रबृत्तिले उपचार अझै बढी जटिल हुने बताउँदै समयमै अस्पताल आउन र त्यो भन्दा पहिले सामान्य कुरामा पनि सावधानी अपनाउन चिकित्सकहरुको आग्रह छ ।

Hamro Doctor
Last modified on 2021-06-21 18:42:29

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts