'एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था' कार्यक्रमका लागि ३ करोड बजेट



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, ९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक स्वास्थ्यकर्मी एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्न ३ करोड १७ लाख ३ हजार रुपैयाँ बजेट अस्पतालमा पठाएको छ। मन्त्रालयले कार्यक्रम सञ्चालन गर्न तय भएका देशभरका १० वटा अस्पतालमा उक्त बजेट पठाएको हो।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीका अनुसार कार्यक्रम सञ्चालन भएको डडेल्धुरा अस्पताललाई ३८ लाख १० हजार, राष्ट्रिय ट्रमा सेन्टरलाई ९७ लाख ७४ हजार, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई ६२ लाख २० हजार, भरतपुर अस्पतालमा ४४ लाख ४० हजार र गजेन्द्र नारायणसिंह अस्पतालमा १६ लाख ५० हजार रकम विनियोजन गरिसकेको छ।

यस्तै, कार्यक्रम सञ्चालनका लागि अन्य ५ वटा जिल्ला अस्पतालहरुलाई पनि सामाजिक विकास मन्त्रालय मार्फत रकम पठाइएको डा. लोहनीले बताए। उनका अनुसार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशमा दैलेख अस्पतालका लागि ११ लाख ४५ हजार, लुम्बिनी प्रदेशको प्यूठान अस्पतालका लागि ११ लाख ७१ हजार, गण्डकी प्रदेशको गोरखा अस्पतालका लागि ११ लाख ७१ हजार, बागमती प्रदेशको नुवाकोट अस्पतालका लागि ११ लाख ७१ हजार र प्रदेश १ को पाँचथर अस्पतालका लागि ११ लाख ५१ हजार रुपैयाँ बजेट पठाइएको छ।

कार्यक्रम लागू भएका अस्पतालमा कार्यरत चिकित्सकहरुले असार १ गतेदेखि आफ्नो अस्पताल बाहेक अन्य निजी अस्पताल तथा क्लिनिकमा काम गर्न पाउने छैनन्। बाहिर काम नगरेबापत यी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई अतिरिक्त भत्ता उपलब्ध गराउन सो रकम विनियोजन गरिएको डा. लोहनीको भनाइ छ।

 तर चिकित्सक तथा स्वास्थ्यकर्मीले भने  कार्यक्रम लागू गर्नका लागि बनाइएको कार्यविधिमा  विरोध जनाउँदै आएका छन्।

Hamro Doctor
Last modified on 2021-06-23 11:25:02

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts