कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग किन गर्ने ? जानौं



Download our app to get more features
Spark_health_home

नेपाल मात्रै होइन विश्व नै कोरोना महामारीका कारण प्रभावित बनेको छ । कोरोना महामारीको जोखिमबाट बच्ने उत्तम विकल्पको रुपमा मास्कलाई लिइन्छ । विश्व स्वास्थ्य संगठन मात्रै होइन वैज्ञानिक र चिकित्सकहरुले पनि मास्कलाई कोरोनाबाट जोगिने पहिलो विकल्पको रुपमा सुझाउँछन् । 

कतिपय मुलुकले कोरोनाविरुद्धको खोप लगाइसकेका मानिहरुले मास्क लगाउन नपर्ने भनेपनि पछिल्लो समय अमेरिका र बेलायत लगायत विभिन्न मुलुकमा कोरोना संक्रमणको दर बढेपछि फेरि मास्क लगाउन अनिवार्य गरेको छ ।

नेपालमा भने सरकारले शनिवारदेखि राष्ट्रिय मास्क अभियान नै सुरु गरेको छ । कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्डको एउटा मापदण्ड मास्क पनि रहेको सरकारको भनाइ छ । मास्क लगाउने र व्यवस्थित तरिकाले मास्क लगाउन भनेको छ ।

जनस्वास्थ्यविद्धहरुले अहिले मास्कको प्रयोग अनिवार्य रुपमा गर्नका लागि सुझाव दिइरहेका छन् । कोरोना विरुद्धको खोप लगाएकाहरुले पनि मास्कको अनिवार्य प्रयोग गर्नुपर्दछ । 

कोरोनाबाट बच्न मास्कको प्रयोग नै किन गर्ने ?
१)
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने माध्यम भनेको बोल्दा,खोक्दा,गित गाउँदा,हाँच्छ्युँ गर्दा नाक मुखबाट निस्कने स साना छिटाहरुबाट हो । ती छिटाहरुलाई रोक्नका लागि मास्क लगाउनु पर्ने हुन्छ ।

२) यो भाइरस कुनै लक्षण नदेखिएको मानिसबाट पनि सर्न सक्छ अर्थात् संक्रमितलाई आफू संक्रमित भएको थाहै नभई उसले अरुलाई भाइरस सार्न सक्छ । अरुबाट जोगिन र अरुलाई संक्रमण सार्नका लागि मास्क लगाउनु पर्छ ।

३) कोरोना भाइरसविरुद्ध खोप लगाएकाहरुमा पनि भाइरस हुन सक्छ । 

४) त्यसैले मास्कको प्रयोग गर्नाले एकातर्फ अन्य व्यक्तिको नाक र मुखमार्फत तपाईंको शरीरमा आउन सक्ने भाइरसबाट बच्न सकिन्छ भने अर्कोतर्फ यदि तपाईं संक्रमित हुनुहुन्छ भने तपाईंबाट अन्य मानिसमा संक्रमण सर्दैन । 

५) मास्कको प्रयोग गर्दा जहिले पनि नाक,मुख र चिउँडो छोपिने गरी लगाउनु पर्दछ ।

मास्क लगाउँदा ध्यान दिऔं यी कुरामा :
१. 
आफू वा अरु कसैले लगाएरहेको  मास्क छुने नगरौँ
२.अरु व्यक्तिसँग वार्तालाप गर्दा मास्क नखोलौँ 
३. भिडभाडमा मास्क खोल्दै नखोलौँ 
४. चिउडो मात्र छोप्ने गरी मास्क नलगाऔँ 
५. आफ्नो मास्क अरुलाई प्रयोग गर्न नदिऔँ

Hamro Doctor
Last modified on 2021-08-09 07:20:41

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts