विश्व स्तनपान सप्ताह

आमा नै बिरामी पर्दा बच्चालाई कसरी स्तनपान गराउने ? जानौं



Download our app to get more features

आमा र बच्चाको सम्बन्धको व्याख्या गरिरहनु पर्दैन । विशेषगरी दुध मात्रै खाने बच्चाका लागि आमाको दुधको कति महत्व हुन्छ त्यसबारेमा भनिरहनुपर्दैन् । सध्य अवस्थामा त आमाले आफ्नो बच्चालाई मिलेसम्म दुध चुसाइ नै रहेकी हुन्छिन् । तर स्वयं आमा नै बिरामी पर्दा बच्चालाई कसरी स्तनपान गराउने त ? जानौं...

  • बिरामी आमाले पनि सकेसम्म बच्चालाई अन्य आहाराको सट्टा स्तनपान नै गराउनुपर्छ । 
  • आमालाई यदि धेरै ज्वरो र पसिना आएमा दूध कम बन्छ । यसो हुनबाट जोगिनका लागि  तरल पदार्थ धेरै पिउनुहोस् ।
  • स्तनपान गराइरहनुहोस् ।
  • उठेर स्तनपान गराउन गाह्रो भए भएपनि सुतेर स्तनपान गराउन छोड्नु हुँदैन । 
  • यदि दुध राम्ररी आफै आइरहेको छैन् भने हातले दूध निकाल्नुपर्छ (आवश्यक परे अरूको मद्दत लिने)
  • बच्चालाई संक्रमणबाट बचाउन स्तन वा बच्चालाई छुनु अगाडि साबुन पानीले राम्रोसँग आफ्नो हात धुनु पर्छ ।
  • कोरोना बाहेक आमालाई अन्य स्वास्थ्य समस्या पनि आउन सक्छ । त्यसकारण आमाले बच्चालाई संक्रमण नहोस भनेर विषेश सावधानी अपनाउनु पर्छ ।
Last modified on 2021-08-05 11:49:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts