स्टार अस्पतालका मेडिकल डाइरेक्टर रुपाखेतीलाई बारबरा फाउण्डेशनकाे सम्मान



Download our app to get more features

काठमाडौं, १७ साउन । स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीलाई बारबरा फाउन्डेशनले सम्मान गरेको छ । बारबरा फाउन्डेसनले कोभिड १९ संक्रमणको समयमा अहोरात्र खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरेकोमा डा. रुपाखेती पनि परेका हुन् ।

डा. रूपाखेतीलाई बारबरा फाउन्डेसन कोभिड १९ बिशिष्ट सम्मान प्रदान गरेको हो । अस्पतालका निर्देशक डा. रूपाखेतीले कोरोना भाइरस कोभिड-१९ सङ्क्रमणको महामारीको अवस्थामा स्वास्थ्य क्षेत्रमा परेको गहन जिम्मेवारीलाई वहन गरी आफ्नो स्वास्थ्य संस्थाका सिमित स्वास्थ्यकर्मी साथै अन्य स्रोतको उत्तम व्यवस्थापन गरी कोभिड-१९ का बिरामीको प्रतक्ष्य उपचार तथा संक्रमण रोकथामको लागि अस्पताललाई नमुना अस्पतालको रुपमा प्रस्तुत गरी उत्कृष्ट जिम्मेवारी वहन गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ । डा. रुपाखेतीलाई गत शनिबार विशिष्ट सम्मान प्रदान गरेको फाउन्डेसनले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts