मुटु स्वस्थ राख्नेदेखि तौल कम गर्नेसम्म, यस्ता छन् अम्बा खानुका फाइदा



Download our app to get more features

अम्बा एक यस्तो फल हो जुन खानमा स्वादिलो मात्रै नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । अम्बा प्रायः सबैलाई मनपर्ने फलमध्येको एक हो । अम्बा विशेषगरी तराईतिर गर्मीको मौसममा पाइन्ट भने कतिपय ठाउँमा १२ हैं महिनापनि फल्ने गरेको छ । 

अम्बा कतिपयले स्वादका लागि खान्छन् भने कतिपयलाई मन नपर्न पनि सक्छ । अम्बामा पाइने भिटामिन ‘सी’ ले रोग प्रतिरोधात्मक अर्थात् इम्यूनिटि बढाउने काम गर्छ । जसले तपाईंको रोगसँग लड्ने क्षमतलाई बलियो बनाउने काम गर्छ ।

जानौं अम्बाको सेवनले हुने स्वास्थ्य फाइदाकाबारेमा :

  • अम्बाको सेवनले पेटसँग सम्बन्धीत समस्या, जस्तैः पेटमा किरा हुनु वा कब्जीयतको समस्यामा राहत दिलाउँछ ।
  • अम्बामा पाइने एन्टीअक्सिडेन्टले तपाईंको छालालाई स्वस्थ राख्ने काम गर्छ ।
  • बिरे नुनसँग अम्बाको सेवन गर्नाले पाचन प्रक्रियासँग सम्बन्धीत समस्यामा राहत हुन्छ ।
  • अम्बा आन्द्रा र गिजाका लागि पनि राम्रो हुन्छ । यसको सेवनले तपाईंको आन्द्रा र गिजा बलियो हुनछ । मुखमा आउने घाउँ जसले खाना चपाउन वा पानी समेत पिउन समस्या भएको बेला अम्बाको पात चपाउनु राम्रो हुन्छ ।
  • अम्बाको रसले घाउलाई छिटै निको बनाउने काम गर्छ ।
  • पाइल्सको समस्यामा पनि अम्बाको सेवन राम्रो मानिन्छ । अम्बाको बाहिरी कडा भागको चूर्ण बनाएर त्यसको सेवन गर्न सकिन्छ । साथै त्यसको काढा बनाएर पिउनाले पनि पाइल्सको समस्या भएकालाई राहत हुन्छ ।
  • अम्बाको सेवनले तौल नियन्त्रण गर्ने काम गर्छ । २÷३ वटा अम्बा खाएपछि भोक नलाग्ने र तपाईंको तौल नियन्त्रणमा मद्दत पुग्छ । अम्बामा पर्याप्त मात्रामा फाइबर र ३७ प्रतिशत क्यालोरी हुन्छ ।
  • अम्बाको सेवनले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने काम गर्छ ।
  •  
  • अम्बामा पाइने पोटासियमले तपाईंको मुटुलाई स्वस्थ राख्ने काम गर्छ ।
Last modified on 2021-07-27 10:01:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts