लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? कोरोनाको जोखिमबाट बच्न यी उपाय अपनाउनुहोस्



Download our app to get more features

कोरोना महामारीले बन्द रहेका विभिन्न क्षेत्रहरु विस्तारै सञ्चालन मा आउँदै छन् । संक्रमणदर बढेसँगै उपत्यका लगायत देशभर निषेधाज्ञा जारी भएको थियो । सरकारले क्रमशः विभिन्न क्षेत्रहरुमा जारी गरेको निषेधाज्ञा विस्तारै खुकुलो र सञ्चालनमा ल्याउन थालेको छ । 

बन्द रहेका व्यापार व्यवसायदेखि लिएर सवारी साधनहरु क्रमश : सर्वसाधारणको सुविधा र सहजताका लागि खुलिरहेका छन् । यसैबीच सरकारले शनिबारदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालनमा ल्याएको छ ।
  
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार मात्रै सूचना जारी गर्दै लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन् । तर, कोरोना महामारीको जोखिम अझै कायमै रहेको हुँदा यात्रा गर्दा भने सावधानी अपनाउनुपर्ने हुन्छ । 

कोरोना महामारीकाबीच अहिले नै लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउन नहुँने जनस्वास्थ्यविद डा. सुजन मरहट्ठा बताउछन् । 

लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्ने बेला नहुँदै सरकारले सञ्चालनमा ल्यायो यसले कोरोनाको जोखिम झन् बढ्नेमा उनी चिन्ता व्यक्त गर्छन् ।

सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनका चालक,सहचालक र यात्रुहरुले कस्ता खालका सावधानी अपनाउन सक्छन् त ? भन्ने प्रश्नमा डा. मरहट्ठाको यस्तो सुझाव छ :

१. सम्भव भएसम्म चालक र सहचालकको पिसिआर गर्नु आवश्यक छ । हुन त यो दिनदिनै गर्न सम्भव नहोला तर, अर्काको भन्दा पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी गर्दा राम्रो । 

२. चालक र सहचालकलाई कोरोना खोपको प्राथमिकतामा राख्खनुपर्छ ।

३. अनिवार्य रुपमा चालक र सहचालकले मास्क, फेस सिल्ड र स्यानीटाइजर लगाउनु पर्दछ ।

४. एउटा सिटमा एकजना मात्र यात्रु राख्नुपर्दछ । 

५. यात्रुहरु सवारी साधनमा चढ्दा अनिवार्य ज्वरो नाप्नु पर्दछ ।

६. यात्रु संख्यामा निगरानी गर्नुपर्छ ।
 
७. यात्रुहरुले पनि मास्क, फेस सिल्ड र स्यानीटाइजर अनिवार्य रुपमा लगाउनु पर्दछ ।

८. सवारी साधनलाई स्यानीटाइज गर्ने र डिसइन्फेक्ट गर्नुपर्छ ।

९. कुनै यात्रु वा चालक तथा सह चालकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त पिसिआर जाँच गर्ने र सम्पर्कमा आएकालाई पनि जानकारी दिनुपर्छ ।

१०. लामो दूरीको यात्रा गर्दा भोक र प्यास लाग्न सक्छ । त्यसकारण सकेसम्म घरबाटै खानेकुरा र पानी बोकेर जानु पर्छ । किनकी तपाईंले यात्रा गरिरहेको सवारीसाधनभन्दा पहिलेपनि होटल वा खाना खाने ठाउँमा मानिसहरुको भिडभाड हुन सक्ने भएकाले जोखिम बढ्न सक्छ ।

११. शौचालय प्रयोग गर्दा सकेसम्म डिसइन्फेक्ट गर्न लगाउनुपर्छ र आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी यदि टिस्यू पेपरको प्रयोग पनि गर्न सकिन्छ । 

Last modified on 2021-07-25 08:46:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts