फूड पोइजनिङ्ग भयो ? यी उपाय अपनाउनुहोस्



Download our app to get more features

गर्मी मौसममा देखिने स्वास्थ्य समस्यामध्येको एक हो फूड पोइजनिङ्ग, अर्थात् खाना अपच हुनु । वर्षायाम र गर्मी मौसम भएकाले यो समस्या बढी देखिन सक्छ । त्यसकारण खानपानमा विशेष ध्यान दिनु पर्छ ।

दुषित भोजन, राम्रोसँग नपाकेको भोजन लगायतको सेवनबाट फूड पोइजनिङ्ग हुने गर्छ । यो एक यस्तो प्रकारको समस्या हो जसको उपचार आफैँ गरेर एक दुई दिन या एक हप्तामा निको हुन सक्छ । 

फूड पोइजनिङ्गको सामान्य लक्षणहरु वान्ता हुनु, वाकवाकी लाग्नु, मुखमा अमिलो पानी आउनु लगायत हुन् । फूड पोइजनिङ लामो समय रहने रोग नभए पनि गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाहरुलाई भने यसले धेरै नै समस्यामा पार्छ । 

फूड पोइजनिङ भएको बेला अत्याधिक पानी, चिया वा जुस पिउनु पर्दछ । यसले तपाईंको शरीरमा हुने निर्जलिकरणलाई कम गर्न मद्धत गर्दछ । 

फूड पोइजनिङबाट बच्न यि कुरामा ध्यान दिनुपर्छः 

  • मादकपदार्थ, दुध या कफिनयूक्त पेय पदार्थ नपिउनुहोस् ।  
  • नरम खाद्य पदार्थ सेवन गने । जस्तैः भात, केरा, टोस्ट आदी । यदि खोकी लागेको छैन भने दही पनि सेवन गर्न सकिन्छ ।
  • मसलेदार, अत्याधिक चिल्लो र उच्च फ्याटयूक्त खानेकुरा नखानुहोस् ।  
  • आफ्नो खानामा प्रोबायोटिक्स् समाबेस गर्नुहोस, यसले राम्रा व्याक्टेरियालाई पुनः ल्याउन मद्धत गर्दछ ।  
  • हरियो खानेकुराहरु, तुलसीको पात, धनिया, जीरा खानुहोस् । 
  • पानी पिउँदा सकेसम्म उमालेको वा शुद्धिकरण गरेर पानीको अत्यधिक सेवन गर्ने । 
  • हरियो तरकारी, सागपात, फलफूललाई राम्रोसँग सफा पानीले पखालेर मात्रै सेवन गर्ने । तरकारीहरु राम्रोसँग पकाएर खानुपर्छ ।
  • सम्भव भएसम्म आराम गर्नुहोस्, किनभने फुड पोइजनिङले थकानलाई बढाउँछ ।  
  • यति गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा चिकित्सकसँग परामर्श गरेर औषधि सेवन  गर्नुपर्दछ । 
Last modified on 2021-07-23 10:12:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts