नर्भिकमा मधुमेह भएकी ८१ वर्षिया महिलाको डा. नुतनद्वारा पाठेघरको सफल शल्यक्रिया



Download our app to get more features

काठमाडौं, ४ भदौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षिया वृृद्धाको दुरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।


नर्र्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवं ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिहिवार बिहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।
 
छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताईन् । 

बढी उमेर समुह र मोटोपन भएका बिरामीको दुरविन प्रविधिबाट शल्यक्रिया सम्भव नहुने धारणा कतिपय बिरामीमा हुने गरेको भन्दै डा. शर्माले भनिन्, ‘नर्भिक हस्पिटलमा दुवै उच्च जोखिम समुहका बिरामीको सफल रुपमा दुरबिन प्रविधिबाट शल्यक्रिया गरिसकेका छौ ।’

यसअघि १ सय ३४ किलो तौल समुहको महिलाको पनि डा.शर्मासहितको टिमले दुरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो । 

पेटचिरेर गरिने भन्दा दुरबिन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीकालागि सुविधायुक्त र लाभदायक हुने गरेको उनको भनाइ छ ।

सामान्यतःवृद्धा अवस्थामा विभिन्न स्वास्थ्य समस्या भएकी महिलाको दुरबिनबाट पाठेघरको अप्रेशन गर्नु जटिल मानिएपनि नर्भिक अस्पतालका दक्ष चिकित्सकसहितको टिमले सफल उपचार गरेको अस्पतालले जनाएको छ । 

ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाई पनि कम हुने र छिट्टै रिकभर भई नियमित दैनिकीमा फर्किन सक्ने डा. शर्माले बताईन् ।
 
शल्यक्रियापछि बिरामीको अवस्थामा सामान्य रहेको र भोलीशनिवार बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । 

Last modified on 2021-08-20 19:20:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts