नर्भिकमा शनिवार र सार्वजनिक विदामा पनि ओपिडी सेवा खुल्ला रहने 



Download our app to get more features

काठमाडौं, २८ भदौ । नर्भिक अस्पतालले शनिवार र सार्वजनिक विदामा पनि ओपिडी सेवा संचालन गर्ने भएको छ । 

अस्पतालले यो सातादेखि उक्त सेवा सँचालन गर्न लागको हो । नर्भिकले तिजको विदाको दिन पनि ओपिडी सेवा संचालन गरेको थियो । 

व्यस्त काठमाडौँबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिवार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालनमा ल्याउने निर्णय गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।

मिश्रका अनुसार यसरी संचालन गरिने ओपिडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्नो सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने छ ।  

नर्भिकले अहिले पनि ओपिडीको सन्ध्याकालीन सेवा संचालन गरिरहेको छ । यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले बताएका छन् । 

अस्पतालले दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपिडी सेवा संचालन गर्ने तयारी गरिरहेको छ । 

यसैबीच, नर्भिक अस्पतालले सार्वजनिक गरेको शिक्षकलाई छूट सम्बन्धी स्किममा शिक्षकहरुको आकर्षण देखिएको छ । 

नर्भिकले अन्तराष्ट्रिय टिचर्स डेको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो । यो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालले जनाएको छ । यो अफर यो सातासम्म जारी रहनेछ । 

Last modified on 2021-09-13 12:23:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts