तनावबाट मुक्ति पाउन चाहनुहुन्छ ? सुत्नुअघि अपनाउनुस् यी उपाय...



Download our app to get more features

तनावले शारीरिक, मानसिक तथा भावनात्मक रुपमा मानिसलाई असर पुर्याउँछ । तर, सही तरिकाबाट गरेको उपचार र परामर्शबाट डिप्रेशन पूर्ण रुपमा निको पनि हुन सक्छ । यस्तो समस्या सबै उमेरका व्यक्तिहरुलाई हुन सक्छ । त्यसमध्ये पनि धेरै जसो युवा र महिलाहरु पीडित छन् । त्यसो त बालबालिका तथा प्रौढ उमेरका मानिस पनि डिप्रेशनबाट पीडित छन् । सामान्य देखिने डिप्रेशनले कहिलेकाहीँ मानिसलाई जटिल अवस्थामा पुर्याइदिन्छ । विश्व स्वास्थ्य संगठनले सन् १९९० मा गरेको सर्वेक्षणअनुसार डिप्रेशन चौथो प्रमुख रोग भएको तथ्यको खुलासा गरेको थियो । 

पछिल्लो समय विश्व नै कोरोना महामारीको चपेटामा परेपछि डिप्रेशनमा पर्नेहरुको संख्या पनि बढेको विभिन्न अध्ययनहरुले देखाएका छन् । कारण, कोरोनाका कारण मानिसहरुको जागिर गुम्यो, आम्दानीको स्रोत गुम्यो, सम्बन्धमा असर प्रयो लगायत विभिन्न समस्याका कारण मानिसहरु डिप्रेशनमा जाने र तनावमा जीवन बिताउन बाध्य भए । अझैपनि सहज अवस्था बनि सकेको छैन । त्यसकारण तनावलाई व्यवस्थापनप गर्नमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

डिप्रेसनका लक्षण

• उदासीन तथा निरास हुनु ।

• कुनै कुरा तथा कामप्रति इच्छा नहुनु ।

• अत्यधिक निद्रा लाग्नु वा कम निद्रा लाग्नु ।

• एकाग्रताको कमी हुनु ।

• जीवन बोझ लाग्नु ।

• पश्चाताप्बोध हुनु ।

• थकान वा उर्जाको कमी हुनु ।

• भोक कम लाग्नु वा अति खानु ।

• चिडचिडापन हुनु ।

• आत्मविश्वासको कमी हुनु ।

• यौन इच्छामा कमी आउनु ।

यी लक्षणमध्ये तीन–चार लक्षणहरु दुई हप्ता वा सोभन्दा बढी लगातार रहेमा डिप्रेशनको शंका गर्नुपर्ने हुन्छ । शंका लाग्यो भने तुरुन्त मनोचिकित्सक वा मनोविज्ञसँग परामर्श गर्नु बद्धिमानी हुन्छ ।

डिप्रेशनका कारण

• मस्तिष्कि रसायनको असन्तुलन

• अनुवांशिक काण

• मनोगत तथा समाजिक कारणहरु

• जीवनमा घटेको असम्भावित घटना

डिप्रेशन सुरुको अवस्थामा नै थाहा भएमा सजिलै बाहिर निस्कन सकिन्छ । यदि कठिनाइ भयो भने मनोचिकित्सकसँग परामर्श लिनुपर्ने पनि हुन्छ । यसका साथै मनोविज्ञहरुसँग नियमित परामर्श गर्दै उपचार गर्न सकिन्छ । जसमध्ये सिबिटी (कग्निटिभ बिहेभियर थेरापी) लाई उत्तम मानिन्छ ।

डिप्रेशनबाट मुक्त हुन

डिप्रेशनका पीडितहरु शारीरिक रुपमा निस्क्रिय हुने हुँदा एरोबिक्स, जुम्बा, नृत्य, योगासनजस्ता शारीरिक कार्य गर्न सकिन्छ । सात्विक भोजन लिनु राम्रो हुन्छ । यस्तो वेला नकारात्मक तथा असफलताको विचारले आक्रमण गर्ने हुँदा सकारात्मक सोचको बानी बसाल्नुपर्छ । हरेक समय उत्साहित हुँदै लक्ष्य लिएर अगाडी बढ्नुपर्छ । समस्यामा नअल्झी हरेक समस्याको सामना गर्दै समाधान खोज्ने बानी बसाल्नुपर्छ ।

भिज्योलाइजेसन टेक्निक

राति निदाउनुभन्दा केही अगाडि तन्द्राको अवस्थामा ‘म स्वस्थ छु, मेरा सम्पूर्ण अगंहरु स्वस्थ छन् ।’ जस्ता वाक्य दोहोर्याउन सकिन्छ । यस्तै, सकारात्मक वाक्यलाई करिब ५ मिनेटसम्म लगातार दोहोर्याउनु राम्रो मानिन्छ । यसे वाक्य आफैँ पनि बनाउन सकिन्छ । यसरी दोहोर्याउँदा अवचेतन मस्तिष्कमा छाप बस्छ । फलस्वरुप स्वस्थ बन्न सहयोग पुग्छ ।

Last modified on 2021-09-26 10:12:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts