स्टार अस्पतालमा खुशीखुशी सहकारीका सेयरधनीलाई हेल्थप्याकेज सेवा



Download our app to get more features

काठमाडौं, १४ असोज । स्टार अस्पतालले खुशीखुशी बचत तथा ऋण सहकारी संस्थाका सेयरधनीलाई हेल्थप्याकेज सेवा दिने भएको छ । 

आज स्टार अस्पताल र खुशीखुशी बचत तथा ऋण  सहकारी संस्थाबीच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतापत्रमा स्टारको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष  किशोर कुमार महर्जन र खुशीखुशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बटु कृष्ण थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार स्टार अस्पतालले खुशीखुशी बचत तथा सहकारीका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने छ । 

त्यस्तै सहकारीका सेयरधनी सदस्यहरुलाई सहुलियत दरमा हेल्थप्याकेज सेवा उपलब्ध छ । छुट सुविधा लिनका लागि सहकारी संस्थाकासदस्यहरुले संस्थाको परिचयपत्र देखाउनु पर्ने छ । 

स्टार अस्पतालले यसअघिदेखि नै सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थासँग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।

Last modified on 2021-09-30 16:33:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts