सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिकामा आँखा शिविरः २७ जनाको मोतिबिन्दुको शल्यक्रिया



Download our app to get more features

सोलुखुम्बु, १७ असोज । सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरमा २७ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

गाउँपालिकाको खुन्दे अस्पतालमा सञ्चालित आँखा शिविरमा २७ जना आँखा रोगीहरुको मोतीविन्दुको अप्रेशन गरिएको हो । 

शनिबार र आइतबार दुई सञ्चालन भएको शिविरमा दुई जनाको दुवै आँखासहित ११ पुरुष र १८ महिलाको मातिविन्दुको शल्यक्रिया गरिएको हो । 

तिलगंगा प्रतिष्ठानका वरिष्ठ नेत्र चिकित्सकहरुको उपस्थितिमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा शिविर सञ्चालन भएको थियो ।

शिविरमा पासाङ्गलामु निकोल निक्की अस्पताल लुक्लामा ४ सय २३ जना, नाम्चे स्वास्थ्य केन्द्रमा १ सय ४७ जना, थाम स्वास्थ्य केन्द्रमा १ सय ५५ जना र खुन्दे अस्पतालमा आँखा परीक्षण गरेको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार सो शिविर तिलगंगा आँखा प्रतिष्ठान, खुन्दे अस्पताल, हिमालयन ट्रष्ट नेपाल र खुम्बु पासाङलामुको संयुक्त आयोजना र हिमालयन मोतीविन्दु परियोजनाको विशेष सहयोगमा सम्पन्न भएको हो ।

Last modified on 2021-10-03 08:52:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts