नर्भिक अस्पतालका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया



Download our app to get more features

काठमाडौं, १७ असोज । नर्भिक अस्पतालका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ ।  परिवारसँग छुट्टी मनाउन दुबई गएका चौधरीको स्वास्थ्यमा अचानक समस्या आई हृदयघात भएपछि  मुटुको शल्यक्रिया गरिएको हो । 
गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा चौधरीको मुटुको शल्यक्रिया गरिएको हो । 

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो । 

सर्जरीपछि हाल चौधरी पोस्ट अपरेटिङ केयरमा रहेका छन् । अब २ दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । 

बसन्त चौधरी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए । त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भएका थिए । सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको नर्भिक इन्टरनेशनल हस्पिटलले बताएको छ । 
 

Last modified on 2021-10-03 14:33:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts