दशैँ तिहारको अवसरमा कान्तिपुर डेन्टल नारायणगढमा निःशुल्क दन्त परीक्षण, अन्य थुप्रै अफर



Download our app to get more features

चितवन, २१ असोज । नारायणगढ पुल्चोक नजिकै रहेको कान्तिपुर डेन्टल सेन्टरले दशैँ तिहारको अवसरपारी निःशुल्क दन्त परीक्षण शुरू गरेको छ ।

चाडबाडको अवसरपारी यहि असोज १४ गतेबाट निःशुल्क दन्त परीक्षण सञ्चालन भइरहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए । दशैँ तिहारको अवसरमा अन्य थुप्रै अफर समेत रहेको उनले जनाए ।

जस अन्तर्गत दर्ता, चेकजाँच, रोग पत्ता लगाउन, परामर्श गर्न र उपचार योजनासम्म निःशुल्क रहने छ । अन्य अफरमा डाक्टरको परामर्श, दाँत सफा गर्ने र दाँतको एक्सरे गर्न लाग्ने १ हजार ७ सय ५० रूपैयाँ बराबरको उपचार अहिले ६ सय ५० रूपैयाँमा भइरहेको छ ।

त्यस्तै, १ हजार ५ सय रूपैयाँमा हुँदै आएको दाँत सफा गर्ने र चम्काउने अहिले ५ सय रूपैयाँमा भइरहेको छ । त्यसैगरी नमिलेको दाँत तार बाधेर मिलाउँदा ५ हजार रूपैयाँ छुट रहेको डा. श्रेष्ठले जानकारी दिए । यो अफर कार्तिक ३० गतेसम्म चल्ने उनले बताए । दाँतमा कुनै पनि समस्या नदेखिए पनि कम्तीमा छ–छ महिनामा परीक्षण गर्नुपर्ने भन्दै उनले यो अवसरमा निःशुल्क दन्त परीक्षण गर्न चितवनबासि र यस आसपास रहनुहुने सबैमा अनुरोध समेत गरेका छन् ।

कान्तिपुर डेन्टल सेन्टर काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको शाखा चितवनमा गत वर्षदेखि पुनः संचालनमा आएको हो । कान्तिपुर डेन्टल सेन्टर चितवन शाखा वि.सं.२०६० सालमा स्थापना भएको हो । बीचमा केही वर्ष अन्य व्यक्तिले सञ्चालन गरेको भएपनि गत वर्षदेखि नयाँ व्यवस्थापनका साथ उच्चस्तरीय सेवा दिने उद्देश्यले काठमाडौंको कान्तिपुर डेन्टल कलेजले नै संचालनमा ल्याएको हो ।

कलेजले दाँतको उपचारका लागि दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । आवश्यकता अनुसार विज्ञ सहितको अन्य दन्त विशेषज्ञ सेवा समेत उपलब्ध रहेको छ । चितवनमा उपचार गर्न सम्भव नभएमा आवश्यकता अनुसार काठमाडौंमा लगेर भएपनि उपचार गरिने छ ।

नेपालमा दन्त स्वास्थ्य सम्बन्धी उपाचार गर्ने दक्ष जनशक्तिको अभाव, जनचेतनाको कमी र स्तरीय उपचार गर्ने संस्थाहरुको अभाव भएको महसुस गरेर नै कान्तिपुर डेन्टलको स्थापना गरिएको अध्यक्ष डा. श्रेष्ठको भनाइ छ ।

हामीले मुख तथा दन्त रोगलाई वेवास्ता गर्दा धेरै प्रकारको रोग लाग्न सक्छ । नेपाली जनमानसले यसबारेमा अझै बुझिसकेका छैनन् । विज्ञका अनुसार यसबाट मुटु, पाचन प्रणाली, मधुमेह, गर्भवती महिला र बच्चालाई प्रत्यक्ष रुपमा असर पुर्याउने गर्दछ ।

Last modified on 2021-10-07 09:52:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts