दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट 



Download our app to get more features

काठमाडौं, २४ असोज । नेपाली हिन्दूहरुको महान पर्व बडादशैंको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ । 

नर्भिक अस्पतालले दशैं अवधिभर विभिन्न प्याकेज खरीद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो । 

अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो । 

सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन् । 

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । 

नर्भिकले प्रत्येक शनिवार सञ्चालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो देखिन्छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts