नर्भिकमा उपचाररत वैद्यलाई भेट्न पुगे प्रचण्ड



Download our app to get more features

काठमाडौं,१ कार्तिक । नर्भिक अस्पतालमा उपचाररत क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पुगेका छन् । 

वैद्य दमको समस्या बढेर आइतबार नर्भिक अस्पतालमा भर्ना भएका हुन् । प्रचण्डले  उपचाररत नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । 

नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए । 

प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादव लगायत अन्य नेताहरु अस्पताल पुगेका छन् । 

आइतबार बिहान भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 


 

Last modified on 2021-10-18 13:17:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts