कान्तिपुर डेन्टलको सहयोगमा स्याङ्जाको गल्याङ्ग नगर अस्पतालमा दन्त विभागको स्थापना



Download our app to get more features

काठमाडौ,८ कात्तिक । कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा स्याङ्जाको गल्याङ्ग नगर अस्पतालमा दन्त विभागको स्थापना गरिएको छ ।

२० लाख रुपैयाँ लगानीमा गल्याङ्ग नगर अस्पतालमा दन्त विभागको स्थापना गरिएको हो । दन्त विभागमा २ वर्ष सम्म कान्तिपुर डेन्टल तथा शिक्षण अस्पतालले जनशक्ति व्यवस्थापन गर्ने छ ।

रोटरी क्लब अफ काठमाडौं नर्थ, रोटरी इन्टरनेशनल काठमाडौं ३२९२ र न्यू ताइपे ताइवानको रोटरी क्लब अफ उकु जिङ्जोङ र रोटरी इन्टरनेशनलको संयुक्त आयोजनामा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा दन्त विभागको स्थापना गरिएको कलेजका संचालक तथा रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्व अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले बताए ।

दुई वर्ष पछि दन्त विभाग अस्पताललाई नै हस्तान्तरण गर्ने सहमती भएको डा.श्रेष्ठले बताए । विभागले  अत्यन्त न्यून शुल्क लिएर सेवा प्रवाह गरिने पनि उनले बताए । 

गल्याङ्ग नगरपालिकाका मेयर भुपराज अधिकारीले मुख स्वास्थ्यको अभियानलाई राष्ट्रव्यापी बनाउनु पर्ने बताए । डा.श्रेष्ठले दन्त विभागको स्थापना गरेर मुख स्वास्थ्यमा देखाएको सक्रियतालाई सबैले आत्मसाथ गर्नुपर्ने नगर प्रमुख अधिकारीले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts