सरकारी चिकित्सक संघ भरतपुर शाखाको अध्यक्षमा डा. मणि प्रसाद गौतम चयन



Download our app to get more features
Spark_health_home

चितवन, ११ कार्तिक । सरकारी चिकित्सक संघ भरतपुर शाखाको अध्यक्षमा डा. मणि प्रसाद गौतम सहित १३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

चितवनका चिकित्सकहरूको भेलाले उपाध्यक्षमा डा. खेमराज पौडेल, महासचिवमा डा. गणेश चौधरी, कोषाध्यक्षमा डा. रोबिन्स ढकाल, सहसचिवमा डा. रोहिता बज्राचार्य र सहकोषाध्यक्षमा डा. प्रतिक्षा श्रेष्ठलाई चयन गरेको छ । 

त्यस्तैगरी, सदस्यहरूमा डा. राजु बस्नेत, डा. साजन केसी, डा. विवेक अर्याल, डा. रोवल लोकोल, डा. शुशिल थापा, डा. प्रदिप अधिकारी र डा. जुन कुमार श्रेष्ठ चयन भएका छन् । 

त्यस्तै, सल्लाहकारमा १२ जना चिकित्सकहरू चयन भएका छन् । चयन भएका चिकित्सकहरूमा डा. प्रकाश खतिवडा, डा. जगन्नाथ तिवारी, डा. श्रवण कुमार थापा, डा. शशि हिराचन, डा. आमोद बहादुर थापा, डा. सुनिल मणि पोखरेल, डा. केशव पौडेल, डा. कालिदास अधिकारी, डा. राम प्रसाद सापकोटा, डा. ओम कृष्ण पाठक, डा. रमेश अधिकारी र डा. अजय न्यौपाने रहेका छन् । संघमा भरतपुर अस्पतालमा कार्यरत सरकारी चिकित्सकहरू रहेका छन् ।

Hamro Doctor
Last modified on 2021-10-28 07:55:51

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts