नर्भिक अस्पतालमा स्तन क्यान्सरको निशुल्क ओपिडी संचालन हुने



Download our app to get more features

काठमाडौं,११ कात्तिक । थापाथलीस्थित नर्भिक अस्पतालमा स्तन क्यान्सरको निशुल्क ओपिडी संचालन हुने भएको छ । 

आगामी शनिवार(कात्तिक १३ गते) नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निशुल्क ओपिडी सेवा संचालन हुने भएको हो । 

स्तन क्यान्सर विशेषज्ञ डा.वानिरा कार्कीले शनिवार १० देखि १२ बजेसम्म निशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ । 

पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको र यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो निःशुल्क ओपिडी सेवामा आएर लाभ लिनसक्ने डा. कार्कीले बताइन ।  

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । 

यो सेवा अन्तर्गत प्रत्येक शनिवार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निशुल्क ओपिडी सेवा दिनेछन् । सर्वसाधारणको निशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । 

निशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने छन् । 

Last modified on 2021-10-31 11:40:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts