कोभिड खोपको 'प्रतिरोधात्मक क्षमता घट्दै’, दुवै मात्रा खोप लगाएका मानिसलाई पनि जोखिम कायमै



Download our app to get more features

बीबीसी, २९ कात्तिक । यूकेका स्वास्थ्य संस्था र चिकित्सकहरूले कोभिडविरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै जाँदा कोरोनाभाइरस सङ्क्रमणले मृत्युसम्म हुन सक्ने चेतावनी दिएका छन् ।

कोभिड खोपका पूर्ण मात्रा लिएका व्यक्ति कति सुरक्षा बाँकी छ त ?
मानव शरीरमा प्रतिरक्षा प्रणालीको दुई ठूला भूमिका छन्ः शरीरलाई सङ्क्रमित हुनबाट रोक्ने र सङ्क्रमण रोक्न नसकेको अवस्थामा शरीरमा भएको सङ्क्रमण हटाउने ।

एउटा काल्पनिक अवस्था सोचौँः मानौँ शरीरको प्रतिरक्षा प्रणाली मध्यकालीन गढ हो । त्यस गढ वरपर कोरोनाभाइरस पक्षका निर्दयी सेनाहरू छन्। उनीहरू महलभित्र छिर्न खोज्दै छन् ।

हाम्रो पहिलो रक्षा धनुर्धारी सेनाको बाहिरी पर्खाल हो । यो शरीरको एन्टिबडी हुन् । एन्टिबडीले विपक्षी सेनालाई रोक्न सके भने हामी सङ्क्रमित हुँदैनौँ । तर, यदि ती पर्खालहरू भत्किए र एन्टिबडी कमजोर प्रस्तुत भएको अवस्थामा भाइरस भित्र पस्छ । अर्थात् हामी सङ्क्रमित हुन्छौँ ।

सङ्क्रमण हुनु पूर्ण हार होइन। अझै पनि गढको भित्री भागमा केही सैनिक बाँकी छन् ।

उनीहरू हाम्रो शरीरमा भएको ’मेमोरी बी’ र ’मेमोरी टी’ कोशिका हुन् । ती घोडसवार सैनिकजस्तै गरी निस्कन सक्छन् । जसले प्रतिरक्षात्मक क्षमतालाई अघि बढाई आक्रमणकारीहरूलाई बाहिर निकाल्न सक्छन् । 

कोभिड खोपले हाम्रो शरीरको सैनिकहरू एन्टिबडी र मेमोरी कोशिकाहरूलाई तालिम दिइरहेको छ। यो तालिम कोरोनाभाइरसविरुद्ध लड्नका लागि हो ।

तीमध्ये कम्तीमा एक प्रतिरक्षक कमजोर भइरहेको छ भने त्यो कुनै आश्चर्यजनक विषय होइन । यो प्रक्रिया हरेक पटक सङ्क्रमण हुँदा वा कुनै खोप लगाए पछि दोहोरिन्छ ।

“एन्टिबडीहरू समयसँगै कम भइरहेका छन् भन्ने कुरा पुष्टि गर्ने बलियो प्रमाण छ र यसले हामीमा केही स्वाभाविक कमजोरी पनि छोडेको छ,” एडिनबर्ग विश्व विद्यालयका रोग प्रतिरक्षा विज्ञ प्राध्यापक एलेनोर रिलेले भने ।

डेल्टा भेरिअन्टको उदयले ती एन्टिबडीलाई झनै खराब स्थितिमा पु¥याएको छ । उक्त भेरिअन्ट बढी सङ्क्रामक छ र मानव शरीरमा सहजै प्रवेश गर्छ ।

नतिजा हामीले देखेका छौँः दुवै मात्रा खोप लगाएका मानिसहरू पनि कोभिड–१९ बाट सङ्क्रमित छन् ।

प्रकाशन हुन बाँकी एउटा अनुसन्धानले के अनुमान गरेको थियो भने अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउने बित्तिकै कोरोनाभाइरस सङ्क्रमणको लक्षण ६६ प्रतिशतले कम गर्छ ।

ठिक पाँच महिनापछि उक्त आँकडा ४७ प्रतिशतमा झ¥यो । फाइजर खोपको हकमा उस्तै आँकडा ९० प्रतिशतबाट ७० प्रतिशतमा झ¥यो ।

यो भाइरसको सङ्क्रमण नियन्त्रण गर्न खोजिरहेका सरकारहरूका लागि गम्भीर समस्या हो ।

सङ्क्रमणले शरीरमा गम्भीर असर गर्छ कि गर्दैन भन्ने कुरा रोग प्रतिरोधी क्षमतामा भर पर्छ । यद्यपि हालका लागि खोपले कमै मात्र मानिसलाई अस्पताल जान नपर्ने अवस्था सिर्जना गरेको छ । 

ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक एवं सरकारी खोप सल्लाहकार एडम फिन भन्छन् “हामीले धेरै सङ्ख्यामा खोप लगाएका र खोप नलगाएका दुवै किसिमका मानिसहरू अस्पतालमा आएको देखिरहेका छौँ ।”

“खोपका कारण हामी सङ्क्रमणका सामान्य लक्षणविरुद्ध त सुरक्षित छौँ । तर यसले अस्पतालमा पुग्न वा सङ्क्रमणकै कारण हुने मृत्यु रोक्न विस्तारै कम भइरहेको छ ।”

अस्पतालमा उपचार आवश्यक पर्ने वा मृत्युसम्म पुग्ने जोखिम वृद्धहरूमा बढी छ । दुवै मात्रा खोप लगाएका मानिसहरूको मृत्युको ठूलो सङ्ख्या ७० वर्षभन्दा माथि उमेर समूहको रहेको छ । युवा समूहमा उक्त जोखिम कम छ ।

मानव शरीरको प्रतिरक्षा प्रणाली निर्माण गर्नेसहित हरेक कोशिका समयसँगै पुरानो हुन्छन् ।  कोशिकाहरू पुरानो वा बुढो हुनुको अर्थ खोपहरूमार्फत प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउन कठिन हुनु हो ।

त्यसले सङ्क्रमण भएको अवस्थामा पनि ढिला प्रतिक्रिया जनाउँछ ।

यसका कारण एन्टिबडीहरू कम हुँदै गएका छन् जसका कारण प्रतिरक्षा प्रणालीमा असर परेको छ ।

“सुरुवाती चरणमा वृद्ध मानिसलाई खोपले सुरक्षा दिनु सम्भव थियो तर अब एन्टिबडीहरू कमजोर भएका छन् । तिनीहरूसँग दोस्रो पटक कोभिड–१९ विरुद्ध सुरक्षा दिने क्षमता नहुन सक्छ,” प्राध्यापक रिलेले भने ।

सोही कारण वृद्ध सङ्क्रमितहरूले दुवै मात्रा खोप लगाए पनि मृत्यु भएको हुनसक्ने बताए । यसमा बुढ्यौलीसँगै आउने शारीरिक स्वास्थ्य समस्याहरू पनि कारक बन्न सक्छन् ।

सबैतिर जोखिममा रहेका वृद्धवृद्धालाई सुरुवातमा खोप दिइएको थियो । त्यसैले हाल उनीहरूको शरीरमा एन्टिबडी कम हुँदै गएको उनले बताए ।

त्यस्तै क्यान्सरका बिरामी वा अङ्ग प्रत्यारोपण गराएका बिरामीहरूको शरीरले पनि खोपलाई उचित प्रतिक्रिया जनाएन । यसको कारण उनीहरूको प्रतिरक्षा प्रणाली पहिल्यै कमजोर हुनु हो ।

अक्सफोर्ड–अस्ट्राजेनेका र फाइजर–बायोएनटेक खोपहरूबीच महत्त्वपूर्ण भेद छन् जसले यूकेका मानिसहरूलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

“ती खोप प्रतिरक्षा प्रणालीको फरक भागहरूका लागि उचित देखिएका छन्,” डा. हेलेन प्यारीले भनिन् ।

उनका अनुसार फाइजरजस्ता एमआरएनए खोपहरूले एन्टिबडी विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरे भने अस्ट्राजेनेकाले शरीरमा टी–सेल प्रतिक्रिया विकास गर्न ।

माथि उल्लेखित गढको प्रसङ्गमा फाइजर पर्खालबाहिर रहेका धनुषधारी भएर सङ्क्रमणलाई भित्र पस्न नदिन उपयोगी देखिए । त्यस्तै अस्ट्राजेनेकाले महलको भित्री पाटो सुरक्षित राख्यो ।

सकारात्मक पक्ष के हो भने एन्टिबडी कम हुँदै जाँदा केही एकदम प्रभावकारी खोपहरू विकास भएका छन् ।

Last modified on 2021-11-16 10:30:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts