नर्भिकमा आगामी शनिवार बालरोग र हाडजोर्नीको निशुल्क ओपिडी हुने



Download our app to get more features

काठमाडौं,१ मंसिर । नर्भिक अस्पतालमा आगामी शनिवार बालरोग र हाडजोर्नीको निशुल्क ओपिडी सेवा संचालन  हुने भएको छ । 

अस्पतालका बालरोग विशेषज्ञ डा.विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा.सगुन जोशीले निशुल्क ओपिडी सेवा दिने छन् ।  

बिहान १० बजेदेखि १२ बजेसम्म बालरोगको निशुल्क ओपिडी र बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हाडजोर्नीको निशुल्क ओपिडी सेवा संचालन हुने छ । 

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले  र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले निशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निशुल्क ओपिडी सेवालाई संचालन गर्दै आइरहेको छ । 

निशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सकिने छ । 

Last modified on 2021-11-17 13:03:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts