केडीसीमा फार्मेसी असिस्टेन्ट र डेन्टल हाइजिनका नयाँ विद्यार्थीलाई अभिमुखिकरण 



Download our app to get more features

काठमाडौं, २ मंसिर । काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर केडीसीले नयाँ शैक्षिक सत्रमा डिप्लोमा इन फार्मेसी र सर्टिफिकेट इन डेन्टल साइन्स विषय अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

बुधबार कलेजमा आयोजित एक कार्यक्रममा केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ, प्रिन्सिपल प्रा.डा. रविन्द्रमान श्रेष्ठ लगायतले नयाँ विद्यार्थीहरुलाई प्राविधिक विषयको महत्व, कलेजको नियम तथा अनुसासन लगायतका विषयमा अभिमुखिकरण गरेका थिए ।

May be an image of 3 people, people standing, people sitting and text that says 'LIG Kantipur Dental College Teaching Hospital Research Center AFFILIATEDTO KATHMANDU UNIVERSITY KSD'

कार्यक्रममा कलेजका अध्यक्ष डा. श्रेष्ठले डेन्टल हाइजिन र डिप्लोमा इन फार्मेसी विषयको महत्वको बारेमा जानकारी गराउँदै केडीसी यी दुबै विषयका लागि पायोनियर संस्थाको रुपमा परिचित भएकाले  विद्यार्थीहरुलाई ढुक्क भएर आफ्नो अध्ययनलाई अघि बढाउन सुझाव दिएका थिए ।

डेन्टल हाइजिन र डिप्लोमा इन फार्मेसी विषय प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटी अन्र्तगतको कार्यक्रम हो ।

May be an image of 9 people, people standing and text


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts