टाइम फर्माले मनायो २५ औं वार्षिकोत्सव



Download our app to get more features

काठमाडौ,३ मंसिर । टाइम फर्मास्यूटिकल्स्ले आफ्नो २५ औ वार्षिकोत्सव मनाएको छ ।

बजार व्यवस्थापनको कार्यलय पुल्चोकमा एक कार्यक्रमकाबीच केक काटेर साथै प्रधान कार्यलय र  फ्याक्ट्रिमा पुजासहित विभिन्न कार्यक्रम गरेर फर्माले आफ्नो २५ औ वार्षिकोत्सव मनाएको हो ।

फर्माले २ सय भन्दा बढी औषधिहरु उत्पादन गरी नेपालभर  बिक्री वितरण गरिरहेको र आगामी दिनमा विश्व बजारमा पनि आफ्नो उत्पादन पठाउने योजनामा रहेको निर्देशक जी.नारायण बहादुर क्षेत्रीले बताए ।  

नेपालमा भएको जडीबुटीको बारेमा पनि अनुसन्धान गरी औषधिहरु उत्पादन गर्ने क्षेत्रीले बताए । उनले भने,"अहिले फर्माले ट्याब्लेट,झोल औषधी,मलम र क्यप्सुल औषधिहरु उत्पादन गरिरहेको छ । अब इन्जेक्सन औषधिहरु पनि उत्पादन गर्ने छौं । हामीलाई हाम्रो उत्पादन क्षेत्र साघुरो भएको महसुस गरेका छौं,त्यसलाई विस्तार गर्ने योजनामा छौं।"   

फर्माले स्थापनाको समयदेखि आफ्नो कामसँगै सामाजीक कार्यमा पनि सहयोग गर्दै आइरहेको छ भने नेपालमा विभिन्न समयमा भइरहेको बढीपहिरोका घटनाहरुमा पिडितहरुलाई औषधि र अतिआवश्यक सामग्रीहरु सहयोग गर्नुका साथै स्वास्थ्य शिविरहरुमा पनि औषधिहरु सहयोग गरेको छ । 

सन १९९५ मा स्थापना भएको फर्माले सन १९९७ देखि आफ्नो उत्पादन सुरु गरेको हो ।

फर्माको गैडाकोट-४ नवलपरासीमा प्रधान कार्यलय, गैडाकोट-१० नवलपरासीमा उत्पादन गर्ने फ्याक्ट्रि र ललितपुर पुल्चोकमा बजार व्यवस्थापनको कार्यलय रहेको छ ।

Last modified on 2021-11-19 13:38:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts