आलु मात्रै होइन आलुको बोक्राको सेवनले पनि हुन्छ स्वास्थ्यमा फाइदा, जानौं



Download our app to get more features

आलु एक यस्तो फल वा तरकारी हो, जसको प्रयोगबिना तरकारी अधुरो रहन्छ । आलु मन नपर्ने सायदै कोही होलान् । आलु खानु भनेको स्वादको लागि मात्रै होइन स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । कारण, आलुमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ । एक सानो कचौरा बराबरको भात खानु र एक मध्यम आकारको आलु खानु भनेको समान मात्रामा कार्बोहाइड्रेट प्राप्त गर्नु हो ।

आलुको प्रयोग तरकारी, पकौडा, अचार, चिप्स, मोमो लगायत अन्य थुप्रै रुपमा गर्न सकिन्छ । आलुलाई कसरी खान मन छ त्यसरी नै बनाएर खान सकिन्छ । आलु एक मात्रै यस्तो चीज हो जसलाई जुनसुकै तरकारीमा राखेर खान चाहे त्यसमै त्यो घुलमिल भएर जान्छ । तर, आलुको बोक्रालाई प्रायः सबैले ताछेर फाल्ने गरेको पनि पाइन्छ । कतिपयलाई आलुको बोक्रा मन नपरेर आलुको गुदी खाने र बोक्रालाई फाल्ने गर्छन् । तर, आलुको बोक्रा खानुपनि निकै नै फाइदाजनक मानिन्छ ।

आलु खानुका साथै आलुको बोक्रा खाँदा हुने फाइदाबारे तपाईंलाई जानकारी दिँदैछौं ।

आलुको बोक्रामा विभिन्न पोषक तत्त्व पाइन्छ । जसले शरीरमा खराब कोलेस्ट्रोललाई कम गर्नमा मद्दत गर्छ भने सोडियमको मात्रालाई पनि नियन्त्रणमा राख्ने काम गर्छ । साथै आलुको बोक्रा सेवनले तौललाई नियन्त्रण गर्ने काम गर्छ भने अन्य थुप्रै फाइदा आलुको बोक्राले गराउँछ । 

आलुको बोक्रामा पर्याप्त मात्रामा पोटाशियम पाइन्छ भने आइरन र फाइबरको पनि राम्रो स्रोत मानिन्छ । यस्तै आलुको बोक्रा भिटामिन बी ३ को पनि राम्रो स्रोत हो । त्यसैगरी आलुको बोक्रामा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट र भिटामिन सी पनि पाइन्छ । जसले तपाईंको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ । 

आलुको बोक्रामा विभिन्न प्रकारका एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरलाई क्यान्सरको जीवाणुबाट सुरक्षित राख्नमा मघत गर्छ । यदि तपाईं कोलेस्ट्रोलको समस्यबाट पीडित हुनुहुन्छ भने आलुको बोक्रा नफालि तरकारी खानु फाइदाजनक हुन्छ । 

यस्तै आलुको बोक्राको नियमित सेवनले मुटु स्वास्थ्यलाई पनि राम्रो बनाउने काम गर्छ भने आलुको सेवन बोक्रासहित गर्नाले त्यसमा पाइने पोटाशियम, म्याग्नेशियम र क्याल्सियमले तपाईंको रक्तचापलाई पनि नियन्त्रणमा राख्छ । त्यसैगरी आलुको बोक्रामा पाइने खनिज पदार्थले तपाईंको हड्डिलाई पनि बलियो बनाउने काम गर्छ ।

आलुको बोक्रा स्वास्थ्यका लागि मात्रै नभई सौन्दर्यका हिसाबले पनि प्रयोग गर्न सकिन्छ । यसले तपाईंको छालामा भएका कालोपनलाई हटाउने र सफा बनाउने काम गर्छ । आलुको बोक्राको जुस बनाएर छालामा लगाउन सकिन्छ । 

यस्तै आलुको बोक्राको जुसलाई कपालमा प्रयोग गर्दा तपाईंको कपाल झर्नबाट रोक्छ र कपाल बढ्नमा पनि सहयोगी हुन्छ ।


(बीबीसी फूडबाट) 

Last modified on 2021-11-21 11:09:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts