थप सुविधा सहित अल्का आइभिएफ सेन्टर सञ्चालनमा



Download our app to get more features

काठमाडौं,५ मंसिर । अल्का अस्पतालले थप सुविधा सहित आइभिएफ सेवा विस्तार गरेको छ । 

अस्पतालले अत्याधुनिक ल्याव सहित अल्का आइभिएफ सेन्टर सञ्चालनमा ल्याएको हो ।

अस्पतालका अध्यक्ष कुमार थापाका अनुसार सेन्टरले सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिने छ । 

थापाले भने,"हामीले नयाँ बिशेषज्ञहरु भित्र्याएर अल्का आइभिएफ सेन्टर सञ्चालनमा ल्याएका छौं । यसले हामीलाई थप उचाइँमा लैजाने विश्वास लिएको छु।"

आइभिएफ सेवा अस्पतालले  मंसिर १ गते देखि सञ्चालनमा ल्याएको हो । विहान ८ बजे देखि साँझ ८ बजे सम्म आइभिएफ सेवा लिन सकिन्छ ।  

अल्का आइभिएफ सेन्टरबाट टेष्टट्युब बेबीका साथै स्त्री रोग तथा प्रसुति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ।

के हो आइभिएफ ?

कृत्रिम गर्भाधान नभइ व्रिटोफर्टिलाई जेशन आइभिएफ महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो ।यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ ।

यस प्रक्रियामा कुनै महिलाकोअण्डाशयबाटअण्डालाई अलग गरेर त्यसलाई टेष्टट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ ।
यसपछि निषेचित अण्डा महिलाको गर्भाशयमा राखिन्छ ।

विश्वमा पहिलोपल्ट यस प्रक्रियाको प्रयोग बेलायतमा पैट्रिक स्टेपोररबर्ट एडवर्डसले गरेकाथिए ।

उनीहरूको यस प्रक्रियाले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टरमा भएको थियो ।

आज यो प्रविधि निसन्तान दम्पत्तीहरूको लागि एक नयाँ आशाको किरण भएको छ ।

नेपालमा टेष्टट्युब बेबीको प्रविधि २०६० सालतिर भित्रिएको हो । नेपालको पहिलो टेष्टट्युब बेबी ओममणी तामाङ हुन् । उनको २०६१ साल फागुन २० गते जन्म भएको थियो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts