फोक्सोलाई बलियो बनाउन नियमित सेवन गर्नुस् यी खानेकुरा



Download our app to get more features

हामी यतिबेला तेहरो स्वास्थ्यको जोखिममा छौं । कोरोना महामारी, चिसो र वायु प्रदूषणका कारण हाम्रो स्वास्थ्यलाई यतिबेला उच्च जोखिम छ । त्यसकारण यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

विशेषगरी यो अवस्थामा तपाईंले आफ्नो फोक्सोको विशेष ख्याल गर्नुपर्ने हुन्छ । कारण यी तीन वटै जोखिमले तपाईंको फोक्सोलाई सबैभन्दा बढी प्रभावित बनाउने काम गर्छ । त्यसकारण सावधानी र स्वास्थ्यका मापदण्ड लागू गर्ने र गराउने गर्नुपर्छ । 

श्वासप्रश्वासमा समस्या गराउने कोरोनाले पहिलो आक्रमण फोेक्सोलाई गर्ने हुँदा फोक्सोको स्वास्थ्यलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ । आज हामी तपाईंलाई केही खानेकुराको बारेमा बताउँदै छौं जसले तपाईंको फोक्सोलाई बलियो बनाउने काम गर्छ ।

स्याउ: स्याउमा एन्टी अक्सिडेन्ट र भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । यसले फोक्सोलाई स्वस्थ राख्ने काम गर्छ । त्यसकारण प्रत्येक दिन एउटा स्याउको सेवन गर्नु उचित मानिन्छ ।

ओखरः ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ । प्रत्येक दिन एक मुट्ठी ओखरको सेवन गर्नाले फोक्सो बलियो हुन्छ ।

ब्रोकाउलीः ब्रोकाउलीमा एन्टी अक्सिडेन्ट पर्याप्त मात्रामा हुन्छ । यसले फोक्सोलाई स्वस्थ राख्नुका साथै स्ट्यामिनालाई पनि बढाउने काम गर्छ ।

फ्याटी फिसः फ्याटी फिस अर्थात् बोसोको मात्रा बढी भएको माछामा ओमेगा ३ एसिड हुन्छ । यसले फोक्सोलाई स्वस्थ र बलियो राख्ने काम गर्छ ।

बेरिजः बेरिजमा पाइने एन्टी अक्सिडेन्टले फोक्सोलाई स्वस्थ राख्ने काम गर्छ । क्रैनबेरी, अंगुर र स्टरेबेरी फोक्सोको स्वास्थ्यका लागि राम्रो मानिन्छ । 

चुकुन्दरः चुकुन्दरमा पर्याप्त मात्रामा नाइट्रेट पाइनछ । यसले फोक्सोमा संक्रमण हुन दिँदैन र भएको संक्रमणलाई निको बनाउने काम गर्छ ।

एप्रिकोटः एप्रिकोटमा भिटामिन ए हुन्छ । यसले फोक्सोलाई स्वस्थ राख्ने काम गर्छ भने संक्रमणलाई पनि कम गर्छ । एप्रिकोट (हलुवाबेद) का साथै आरु र आरु बुखाडा पनि खान सकिन्छ ।

पानीः पानी फोक्सोका लागि अति आवश्यक तत्त्व हो । पानीले फोक्सोलाई प्यूफाइ गरेर रोगबाट टाढा राख्ने काम गर्छ ।


(बीबीसी फूडमा आधारित)

Last modified on 2021-11-22 16:12:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts