आगामी शनिबार नर्भिकमा ग्याष्ट्रोइन्टेरोलोजिष्टको निशुल्क ओपिडी हुने



Download our app to get more features

काठमाडौं,२४ मंसिर । थापाथलीस्थित नर्भिक अस्पतालमा आगामी शनिवार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित निशुल्क ओपिडी सेवा संचालन हुने भएको छ । 

अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर.डा. सीताराम चौधरीले शनिवार निशुल्क ओपिडी सेवा दिने भएका हुन् । 

पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा. चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ । 

निशुल्क ओपिडी बिहान १० बजेदेखि १२ बजेसम्म चल्ने छ । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । 

निशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सकिने अस्पतालले जनाएको छ । 
 

Last modified on 2021-12-10 11:43:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts