नुवाकोटमा स्टार अस्पतालको ५० शैयाको  ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा



Download our app to get more features

नुवाकोट, २४ मंसिर । ललितपुर सानेपा –२ स्थित स्टार अस्पतालले नुवाकोटको विदुरस्थित ढुंगे –१ मा “स्टार नुवाकोट अस्पताल” संचालनमा ल्याएको छ ।

उपत्यका बाहिर बसोबास गर्ने नागरिकलाई सरल र सुलभ दरमा बिशेषज्ञ सेवामा पहुँच विस्तार गर्ने योजना अनुसार अस्पताल १५ बेड बाट ५० बेडमा स्तरोन्नती गरेर संचालन गरिएको हो । स्टार अस्पताल सानेपाका कार्यकारी अध्यक्ष किशोर कुमार मर्हजनले औपचारिक उद्घाटन गरे सँगै संचालनमा आएको हो ।

अस्पताल स्थापना सँगै नुवाकोट, धादिङ्ग र रसुवाका ३ लाख भन्दा बढी जनसंख्याले लाभ लिन सक्ने विश्वास अध्यक्ष मर्हजनको छ । स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले स्टार नुवाकोट अस्पताल एउटा नाफामुलक संस्था मात्रै नभएर स्वास्थ्य सेवामा छुटै पहिचान बनाएको संस्था भएको बताए ।

स्टार अस्पताल सानेपामा सबै खालका विशेषज्ञ सेवा नियमित उपलब्ध भइरहेको भन्दै नुवाकोटका जनताको लागि पनि विशेषज्ञ सेवा उपलब्ध गर्नका लागि स्टार नुवाकोट अस्पताल संचालनमा ल्याएको स्पष्ट पारे ।

कार्यक्रममा नुवाकोट जिल्लाका विभिन्न संघ, संस्थामा आबद्ध गन्य मान्य व्यक्तिहरुको सहभागिता रहनुका साथै, स्टार नुवाकोट अस्पताल उद्धघाटनको उपलक्ष्यमा ४ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरसमेत आयोजना गरेको छ ।


Last modified on 2021-12-11 05:21:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts