स्टार अस्पतालको ५० बेडको “स्टार नुवाकोट अस्पताल” सञ्चालनमा



Download our app to get more features

काठमाडौं,२६ मंसिर । ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटको विदुर ढुंगे –१ मा “स्टार नुवाकोट अस्पताल” संचालनमा ल्याएको छ ।

उपत्यका बाहिर बसोबास गर्ने नागरिकलाई सरल र सुलभ दरमा बिशेषज्ञ सेवामा पहुँच विस्तार गर्ने योजना अनुसार अस्पताल १५ बेड बाट ५० बेडमा स्तरोन्नती गरेर संचालन गरिएको हो । 

स्टार अस्पताल सानेपाका कार्यकारी अध्यक्ष किशोर कुमार मर्हजनले अस्पताल स्थापनासँगै नुवाकोट, धादिङ्ग र रसुवाका ३ लाख भन्दा बढी जनसंख्याले लाभ लिन सक्ने विश्वास लिएको बताए। 

त्यस्तै अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले स्टार नुवाकोट अस्पताल एउटा नाफामुलक संस्था मात्रै नभएर स्वास्थ्य सेवामा छुटै पहिचान बनाएको संस्था भएको बताए । 

उनले सानेपामा सबै खालका बिशेषज्ञ सेवा नियमित उपलब्ध भइरहेको भन्दै नुवाकोटका जनताको लागि पनि बिशेषज्ञ सेवा उपलब्ध गर्नका लागि स्टार नुवाकोट अस्पताल सञ्चालनमा ल्याएको स्पष्ट पारे ।

अस्पतालको उद्धघाटन कार्यक्रममा नुवाकोट जिल्लाका विभिन्न संघ, संस्थामा आबद्ध गन्य मान्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।  अस्पतालले उद्धघाटनको उपलक्ष्यमा ४ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर समेत आयोजना गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts