ब्लू क्रस हस्पिटलमा कार्यरत बरिष्ठ गाईनोलोजिष्ट डा. रंगीना लाईकङबम सम्मानित



Download our app to get more features

काठमाडौं, ४ पुस । काठमाडौंको  त्रिपुरेश्वर स्थित ब्लू क्रस हस्पिटलमा कार्यरत बरिष्ठ गाईनोलोजिष्ट ल्यापरेस्कोपिक सर्जन डा. रंगीना लाईकङबम सम्मानित भएकी छिन् । स्वास्थ्य क्षेत्रमा योगदान गरे बापत डा. रंगीना लाईकङबमलाई लोक चन्द्र प्रतिष्ठानको दोश्रो बार्षिक साधारण सभाको उपलक्ष्यमा बिशेष सम्मान प्रदान गरिएको हो ।

करिव ३ दशक देखि स्वास्थ्य सेवामा अग्रसर रहँदै आएको ब्लू क्रस हस्पिटलमा ५० शैंयासहितको उपचार सेवा उपलब्ध रहेको छ  । 

स्वास्थ्य राज्य मन्त्री उमा कान्त चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा असहाय तथा अनाथ बालबालिकाको सहयोगार्थ बिशेष सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

वरिष्ठ स्त्री रोग तथा गाइनो सर्जन डा. रंगिना लाइकगबमले नेपालमा पहिलोपटक अत्याधुनिक प्रविधि ल्याप्रोस्कोपी विधिबाट डे केयर हिस्टेरेक्टोमी तथा अन्य डे केयर गाइने सर्जरी गर्ने नेपालकै प्रथम स्त्रीरोग विशेषज्ञ हुन् ।

जर्मनस्थित किल युनिभर्सिटीबाट स्त्री रोग विशेषज्ञमा थप डिग्री हासिल गरेकी लाइकबम केही वर्षयता वरिष्ठ स्त्री रोग तथा गाइनो सर्जनको रूपमा ल्याप्रोस्कोपी विधिमार्फत आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आएकी छिन् । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts