पब्लिक कम्पनी बनेसँगै नर्भिक अस्पतालले डाक्यो पहिलो साधारणसभा



Download our app to get more features

काठमाडौं,८ पुस । पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो पहिलो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

अस्पतालको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो वार्षिक साधारणसभा आगामी पुस २८ गते बुधबार का लागि आह्वान गरेको हो ।  

साधारणसभा बिहान ११ः३० बजेदेखि थापाथलीस्थित बिएलसी होल्डिङको बोर्ड रुममा हुने छ । अस्पतालले  साधारणसभामा सेयरधनीहरुलाई सहभागिताका लागि अनुरोध गरेको छ । 

पहिलो वार्षिक साधारणसभामा सञ्चालक समितिले तयार गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिदै छ । 

यस्तै, सभाका अन्य प्रस्तावहरुमा लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणहरुमा छलफल गरी पारित गर्ने,कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने,संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने तथा संचालक समितिको भत्ता अनुमोदन गर्ने र संस्थापक तथा संचालक समितिले गरेको आवशयक निर्णयहरु अनुमोदन गर्ने रहेका छन् । 

नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सर्वसाधारणका लागि समेत साधारण सेयरको निश्कासन गर्ने योजनाका साथ अगाडि बढिरहेको देशकै पहिलो अस्पताल पनि हो । 


 

Last modified on 2021-12-23 11:19:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts