नर्भिक अस्पतालमा पुस महिनाभरी यूरोलोजीको निःशुल्क ओपिडी हुने



Download our app to get more features

 काठमाडौं,९ पुस । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा पुस महिनाभरी यूरोलोजीको निःशुल्क ओपिडी सञ्चालन हुने भएको छ । 

अस्पतालले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको हो । त्यहि अनरुप शनिवार(भोलि)देखि यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ । 

शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म यूरोसर्जरी विशेषज्ञद्वय डा.सञ्जिवभक्त विष्ट र डा.सुनिल श्रेष्ठले सेवा दिनेछन् । 

मृगौला,मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरुले निःशुल्क ओपिडीमा सहभागी भई परामर्श सेवा लिन सक्नेछन् । अस्पतालले मृगौलाको पत्थरीका विभिन्न शल्यक्रिया विधिहरुमा पुस महिनाभरि विशेष छुटको समेत घोषणा गरेको छ । 

यस्तै, घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि समेत रहेको र उक्त विधिहरुबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सकिने छ ।  

Last modified on 2021-12-24 13:28:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts